उर्लाबारी , १ मंसिर। एमालेबाट समानुपातिक कोटाबाट साँसद बनेकी राज्य लक्ष्मी गोल्छाले अपाङ्गता भएका परिवारलाई घर निर्माण गरिदिन्छु भनेर दिएको वाचा पुरा नगरेपछि मोरङको इटहरा–५ का गुरागाई परिवारले उनीहरुको लागि निर्माण गर्दै गरेको घरको ७५ प्रतिशत काम सकिएको छ ।

बरन्डासहित तीनकोठे टिनको छाना लगाएर पक्की घरपक्की घर निर्माण गरिदिने भएका बनाइदिदैंछौ । घर निर्माण तिब्र रुपमा भईरहेको छ, लगभग घर निर्माणको ७५ प्रतिशत काम सकियो, डिल्ली गुरागाईले भने । गुरागाईका अनुसार अव पल्टर र टिनको छानो लगाउने काम बाँकी छ । गुरागाई परिवारले वाइरिङ पनि आफैं गरिदिने भएका छन् । मंसिर मसान्त सम्ममा घर निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गरिने उनले बताएका छन् ।
विदेशमा रहेको छोरा सूर्य गुरागाईको सहयोगमा हामीले आठ लाख मूल्य बराबरको घर बनाउन सुरु गरेका बाबु डिल्लीले जानकारी दिए । बिभिन्न सञ्चारमाध्यममा ढुङ्गना परिवारको बारे दुखदायि समाचार प्रकाशन र प्रसारण भएपछि घर निर्माण गरिएको बताइएको छ ।

यसअघि ढुङ्गना परिवारको २ तले काठमा पुरानो र मक्किएको घर थियो । उमेरले डाडाँ काट्दै गरेका ढुङ्गना दम्पतीलाई छोराछोरीलाई घर माथिबाट ओराल्न र घरमा चढाउन बहुत समस्या थियो । बुढ्यौलीले शरिरमा बल हराँउदै जादा हेरचाहमा साह्रै समस्या त छदै थियो घरबाट झरेर मर्छन कि भन्ने बडो पिर थियो । घर निर्माण कार्य भएकोमा दाता प्रति धन्यवाद दिदैं तुलशीराम भन्छन्,देउता खोज्न टाढा जानुपर्ने रहेनछ । हामी अपाङ्गता सन्तान भएकोपरिवार माथि अमुल्य सहयोग गरेर दयाँ राख्नु भो ।
घरनिर्माण हुँदै गरेपनि आफ्नो अपाङ्ग छोराछोरीको नाममा राजनिती गरेर घर बनाइदिन्छु भनेर मिडीयामा छाएकी राज्यलक्ष्मी गोल्छा प्रति उनीहरुको दुखेसो छ ।
Post a Comment