Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सभापति कोइराला र अध्यक्ष ठाकुरबीच भेटवार्ता

काठमाडौँ, १२ मङ्सिर । नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले शुक्रवार भेटवार्ता गरी मधेस आन्दोलनका माग पूरा गर्नका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको छ । Koirala-Mahantaकोइराला निवास महाराजगञ्जमा भएको भेटवार्तामा अध्यक्ष ठाकुरले मधेसमा आन्दोलन भएको १०० दिन बित्दासमेत मागको सुनुवाइ नभएको भन्दै समस्या समाधान लागि गम्भीर हुन सभापति कोइरालालई आग्रह गर्नुभएको थियो ।

जवाफमा सभापति कोइरालाले लामो आन्दोलनका कारण देशको अवस्था अस्तव्यस्त भएको बताउँदै आन्दोलन फिर्ता लिएर वार्तामार्फत समाधान निकाल्न आग्रह गर्नुभएको थियो ।

उहाँले वार्ता र संवादका माध्यमबाट सबै समस्याको समाधान निकाल्ने बताउँदै मधेसवादी पार्टीले राखेका जायज माग पूरा गर्न पार्टीले सहयोग गर्ने बताउनुभएको थियो ।

भेटवार्तामा तमलोपाका नेता हृदयेश त्रिपाठीसमेत सहभागी हुनुहुन्थ्यो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget