Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पदयात्रा पर्यटनको आकर्षण बढ्दै

काठमाडौँ, ५ मङ्सिर । “नेपालको सुन्दरता हेरेर सकिँदैन, त्यसैले पटक–पटक आइरहन्छु ।” पदयात्राका लागि आठौँ पटक नेपाल आएका स्वीस नागरिक कास्पर डिउरिजको भनाइ हो यो । nepal_trekkingनेपालको प्राकृतिक सुन्दरता र भौगोलिक विविधताको सङ्गमलाई भुल्न नसकेर नेपाल भ्रमणमा आएको उनले बताए ।

डोल्पामा दुई हप्ता पदयात्रा गरेर फर्केका डिउरिजसँग यस अघि पनि नेपालका अन्य चर्चित पदयात्रामा गएको रमाइलो अनुभव छ । डिउरिजले भने – “भूकम्पपछि पनि नेपालमा पदयात्रा सुरक्षित छ । नेपालको सौन्दर्यमा बिग्रेको छैन । मेरो देशका नागरिकलाई यही सन्देश प्रवाह गर्नेछु ।”

नेपाली पर्यटनको मुख्य आधार पदयात्रा पर्यटनमा विदेशी पर्यटकको आकर्षण बढ्दो छ । पदयात्रा पर्यटनका लागि यो मौसम उत्तम भएकाले पनि बढी पर्यटक पदयात्रामा निस्किएका छन् । नाकाबन्दीले प्रतिकूल प्रभाव पारेपनि पदयात्रा पर्यटन घटेको छैन । trikking nepal

भूकम्प र त्यसपछिको नाकाबन्दीको कुनै प्रवाह नगरी विभिन्न मुलुकका पर्यटक नेपालका पहाडी भेगमा पदयात्राको मज्जा उठाइरहेका छन् ।

अन्नपूर्ण, सगरमाथा आधार शिविर, कञ्चनजङ्गालगायतका प्रमुख पदयात्रामा उल्लेख्य सङ्ख्यामा पर्यटक गएका पर्यटन व्यवसायीले बताएका छन् । मनास्लु र लाङ्टाङमा पनि केही पर्यटक गएका छन् ।

नवौँ पटक नेपाल भ्रमणमा आएका लात्भियाका नटलिया क्रास्टिना र इन्ट मुर्निक जोडीको पनि फरक धारणा छैन नेपालको प्राकृतिक सौन्दर्यबारे ।

डोल्पा, मुक्तिनाथ र कञ्चनजङ्गाको आठ हप्ता लामो भ्रमण सकेका उनीहरुको हृदयलाई नेपालको प्राकृतिक सौन्दर्यले मात्र हैन नेपालीपन र नेपाली मनले पनि जितेको छ ।

एकै ठाउँमा विविध प्राकृतिक सुन्दरताको रसस्वादन गर्नु उनीहरुको ध्येय थियो र उनीहरुले त्यो पाए । अरु देशमा भन्दा धेरै प्राकृतिक विविधता र पर्यटकीय गन्तव्य भएकाले आफूहरुको पहिलो रोजाइ नै नेपाल भएको उनीहरुले बताए ।

नेपाल पर्यटनका लागि विश्वकै आकर्षण गन्तव्य मानिन्छ । भौगोलिक विविधता, पहाडी भूबनौट, जैविक विविधता, उत्तरतर्फ चाँदीका घेराझैँ चम्किएका अग्ला हिमाल र दक्षिणका समथर फाँट उपत्यकाका सांस्कृतिक परम्परा पर्यटकलाई लोभ्याउने आकर्षण हुन् ।
place tour
हिमाल आरोहणपछि पदयात्रा पर्यटन विदेशीको रोजाइमा पर्छ । पछिल्लो समयमा धार्मिक पर्यटन स्थान ओगट्न थालेको छ ।

सगरमाथा क्षेत्रको भर्खरै पदयात्रा सकेका अमेरिकी नागरिक मार्क फिस्टर र किम फिस्टरले भूकम्पपछि पनि नेपालमा पदयात्रा र पर्वतीय पर्यटन सुरक्षित रहेको अनुभव सुनाए ।

अमेरिका, बेलायत, फ्रान्स तथा एसियाका कतिपय मुलुकका विदेशी पर्यटक यतिखेर नेपालभित्र पदयात्रा हिँडिरहेका छन् ।


प्राप्त विवरणअनुसार सन् २०१४ को तीन महिना (मे, सेप्टेम्बर र अक्टोबर) को अवधिमा मनाङमा आठ हजार २३० र मुस्ताङमा ११ हजार ५४१ पर्यटक गएका थिए भने सन् २०१५ को सोही अवधिमा मनाङमा तीन हजार ७३७ र मुस्ताङमा चार हजार १४४ पर्यटक पुगेका छन् । सन् २०१४ मा एक लाख २९ हजार ७४६ पर्यटक अन्नपूर्ण पदयात्रामा गएका थिए । सन् २०१३ मा एक लाख १६ हजार पर्यटक गएको तथ्यांक छ ।

सगरमाथा क्षेत्रको पदयात्रा गरेका फ्रेन्च नागरिक नोर्सिन कर्ली (तीन जनाको समूह) र अन्नपूर्ण पदयात्रा गरेका अर्का फ्रेन्च नागरिक मार्टिन बोसन (चार जनाको समूह) ले पनि नेपाल सुरक्षित रहेको र नेपालको पर्यटन पहिलाकै अवस्थामा रहेको प्रतिक्रिया दिए ।

“भूकम्पपछि हल्ला भएजस्तो नेपालको पर्यटकीय गन्तव्यमा कुनै असर देखिएन । पदमार्ग, बाटाका होटल, लज, रेस्टुराँ दुरुस्त छन् ” – अन्ठाउन्न वर्षीया नोर्सिन कर्लीले भनिन् ।

सगरमाथा र अन्नपूर्ण क्षेत्रको पदयात्रा सकेर फर्किएका अनुभवी पथ प्रदर्शक राजेश तामाङले भूकम्प र नाकाबन्दीको त्रास रहेपनि नेपाल आउने पर्यटकको सङ्ख्यामा खासै कमी नआएको बताए ।

उनले भने – “सगरमाथा क्षेत्रमा पहिला दैनिक ४०० को सङ्ख्यामा आउने गर्थे । अहिले यहाँ १५० जना विदेशी पर्यटक गइरहेका छन् । अन्नपूर्ण क्षेत्रमा दैनिक १०० को सङ्ख्यामा पर्यटक पदयात्रामा गएको देखिन्छ ।”

हिमालयन ग्लासियर ट्रेक प्रालिका प्रबन्ध निर्देशक सागर पाण्डेले अन्नपूर्ण र सगरमाथा क्षेत्रमा बाक्लो सङ्ख्यामा पर्यटक गए पनि लाङटाङ र मनास्लु क्षेत्रमा भने पर्यटक ठप्पैजस्तो रहेको जानकारी दिए ।

अघिल्लो वर्षको तुलनामा अन्नपूर्ण र सगरमाथामा कम पर्यटक पदयात्रामा गएका छन् । टानका अध्यक्ष चन्द्र रिजालले पछिल्लो समय पर्यटकको आवागमन बढे पनि नाकाबन्दीको प्रभावले यो मौसममा आउने पर्यटकले पदयात्रा छोट्याउन थालेको बताए ।

पर्वतीय र पदयात्रा पर्यटनको छाता सङ्गठन टानले अहिलेसम्म पदयात्रामा जाने पर्यटकको अध्यावधिक विवरण राख्न सकेको छैन । टानमा हाल एक हजार २०० भन्दा बढी ट्रेकिङ एजेन्सी कम्पनी सदस्य छन् । नेपालमा करिब १९ हजार ट्रेकिङ कम्पनी रहेको बताइन्छ ।

टानका पूर्व अध्यक्ष रमेश धमलाका अनुसार नेपालमा वार्षिक दुई लाखको हाराहारीमा विदेशी पर्यटक पदयात्रा र हिमाल आरोहणका लागि आउँछन् । तीमध्ये ९५ प्रतिशत ट्रेकिङ एजेन्सीमार्फत जान्छन् ।

पदयात्रा पर्यटनका लागि मनास्लु, कञ्चनजङ्गा, माथिल्लो मुस्ताङ, थ्री पास ट्रेक, धौलागिरि र अन्नपूर्ण क्षेत्र, रारा ताल, सगरमाथा र मकालु आधार शिविर, माथिल्लो डोल्पा, लाङटाङ उपत्यका उत्कृष्ट गन्तव्य मानिछन् । विश्वका उत्कृष्ट पदयात्राहरुमा नेपालको गोक्यो, सगरमाथा आधार शिविर र मनास्लु, भुटानको स्नोमेन मार्ग, पेरुको इन्का ट्रेल र हिउयेच, तान्जानियाको माउन्ट किलिमान्जारो, चिलीको टोरेस्ट डेल पेन, स्वीट्जरल्यान्डको हेउट मार्ग र अस्ट्रेलियाको ओभरल्यान्ड पर्छ ।

अध्यागमन विभागको विवरणअनुसार सन् २०१३ मा आठ लाख र सन् २०१४ मा सात लाख ७६ हजार पर्यटक पर्यटक नेपाल आएका थिए । सन् २०१५ सुरुको तीन महिनामा दुई लाख २४ हजार ७२९ पर्यटक आएका छन् । हुदहुद नामक सामुद्रिक आँधी, भूकम्प र नाकाबन्दीका कारण यो वर्ष पर्यटक आगमनमा कमी आउने अनुमान गरिएको छ ।

पर्यटन प्रवद्र्धन गर्ने मुख्य निकाय नेपाल पर्यटन बोर्डमा विगत चार वर्षदेखि प्रमुख कार्यकारी अधिकृत नियुक्त हुन नसक्दा प्रवद्र्धनात्मक काम प्रभावित भएका छन् । सरकारले सन् २०२० मा नेपाल आउने पर्यटकको सङ्ख्या २० लाख पु¥याउने लक्ष्य राखेको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget