Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

एक छोरीकी आमा करिश्माको बानी र स्वभावबारे श्रीमान विनोदसँग १०१ प्रश्न

नेपाली चलचित्र उद्योगमा करिश्मा मानन्धर ‘सदाबहार नायिका’का रूपमा चिनिन्छिन् । १४ वर्षको उमेरमा सिने क्षेत्रमा प्रवेश गरेकी उनले कलिलै उमेरमा निर्माता विनोद मानन्धरसँग बिहे गरिन् । बुढाबुढीका विषयमा पटक–पटक गसिप बन्छन् । तर, खण्डन खासै सुनिदैन । एक छोरीकी आमा करिश्माको बानी र स्वभावबारे विनोदसँग १०१ प्रश्न ;karishma manadhar and binod manadhar

१. सुन्दरी नायिकाका रूपमा चिनिनुहुन्छ । तपाईं आफूलाईचाहिँ आफ्नी श्रीमती कति सुन्दर लाग्छिन् ?
राम्री छिन्, अरूलाई सुन्दर पनि लाग्छ होला । आफ्नै श्रीमती भएर पनि होला, मलाई भने त्यति धेरै सुन्दर लाग्दैन । हुन त केटा मान्छेले ‘श्रीमती अरूका, केटाकेटी आफ्ना राम्रो मान्छ’ भन्ने उखान नै छ । ‘घरकी मुर्गी दालबराबर’ भएर पनि होला । मलाई मात्रै होइन, सबैलाई त्यस्तै लाग्छ होला ।
२. पत्नी सुन्दर भएकीमा कहिलेकाहीँ ईष्र्या लाग्छ कि लाग्दैन ?
लाग्दैन मलाई त ।
३. दुवैजना चलचित्र क्षेत्रमा हुनुहुन्छ, धेरै गसिप बन्छन् । बजारमा सुनिने त्यस्ता गसिपले दुईजनाबीच कहिले झगडा परेको छ कि छैन ?
पहिला–पहिला कहिलेकाहीँ हुन्थ्यो । तर, अचेल केही पनि हुन्न ।
४. कहिले झगडा परेको थियो रु कुन घटनामा ?
(हाँस्दै) एकजना महिला कलाकार थिइन्, मसँगै काम गर्ने । उनको र मेरोबारेमा गसिप हुन्थे । करिश्माले ‘अब त्योसँग नभेट्नु’ भनेकी थिइन् । एकपल्ट नयाँ बानेश्वरमा करिश्माले पनि चिन्ने एउटी अर्की महिला साथीले त्यसपछि पनि हामीलाई देखेकी थिइन् । नेपालगन्जमा मेरो सुटिङ चलिरहेको थियो । करिश्मा पनि त्यहीँ आउने कुरा थियो । प्लेनमा हामीलाई बानेश्वरमा देख्ने ती साथी पनि सँगै परिछिन् । उनले ‘बानेश्वरमा दुईजनालाई देखेको, मलाई देखेपछि विनोद दाइले त अनुहार लुकाउनुभयो’ भनेर सुनाइदिइछिन् । अनि त के थियो, सुटिङ युनिटकै अगाडि ‘तिमीले फेरि पनि त्यसलाई भेट्यौ है’ भन्दै बबन्डर गरिहालिन् नि । तनावै भयो नि ।
५. त्यस्ता उहाँका घटना पनि छन् ?

ऊ (करिश्मा)सँग नाम जोडिएका गसिप सुन्दा मैले पनि सोध्थेँ नि । ‘के हो यो कुरा रु’ चर्काचर्की हुन्थ्यो नि । तर, पछि बुझ्दै गयौँ । अचेल त केही मतलबै हुन्न ।
६. उहाँले पहिलोपल्ट टङ किसको सिन दिँदा रिस उठेन ?
उठेन । म युकेमा हुर्केको मान्छे । चलचित्रमा कसरी सिन दिइन्छ, सबै बुझेको थिएँ । गसिप बन्ने अर्कै कुरा हुन् । फेरि उसले धेरै त्यस्ता सिन दिएकी पनि छैन ।
७. एकपल्ट उहाँको सुटिङ युनिटमै पुगेर निर्देशकलाई हात हाल्नुभयो रे नि?
खासमा त्यो पहिल्यै तय भएको सिन थिएन । करिश्माको पोखरामा सुटिङ चलिरहेको थियो । शैलेश आचार्यले ‘भुवन केसीलाई टङ किस नै गरिदिनु’ भनेछ । अनि, जबर्जस्ती सिन गर्न खोजेछ । त्यो कुरा करिश्माले मलाई फोनमा बताएपछि रिसले तातेर पोखरा पुगेँ, शैलेशलाई ठीक गर्छु भनेर । तर, ऊ हिँडिसकेको रहेछ, नारायण पुरी पर्‍यो, उसले खायो । पछि भुवनदेखि अरू सबैले ‘कुरा यस्तो हो’ भनेर सम्झाए ।
८. स्विमिङ सुट वा टुपिसमा पहिलोपटक कहिले सिन दिनुभयो रु तपाईंलाई याद छ ?
किन नहुनु नि । मसमेत भएको कस्तुरी फिल्ममा त हो नि, उसले पहिलोपल्ट स्विमिङ कस्ट्युम लगाएर सिन दिएको । युकेमा सुटिङ गरिएको हो, त्यो नर्मल थियो ।

उठ्ने र सुत्ने
९. कति बजे उठ्नुहुन्छ ?
काम परे त चार बजे नै उठ्छ । उसै पनि ६–७ बजेभित्र उठिसक्छ ।
१०. चियारकफी के रुचाउनुहुन्छ ?
चिया नभई हुँदैन । बेड टी खाएपछि मात्रै हो ओछ्यानबाट निस्कने ।
११. एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न?
हेल्थका बारेमा त एकदम कन्सस छ । एक्सरसाइज धेरै गर्छ । मर्निङवाक जान्छ । पानी पर्‍यो भने घरभित्रै एक्सरसाइज गर्छ ।
१२. योगा गर्नुहुन्छ कि गर्नुहुन्न ?
योगा पनि गर्छ आँगनमै ।
१३.साँझमा पनि एक्सरसाइज गर्नुहुन्छ कि ?

कहिलेकाहीँ फुर्सद हुँदा साँझमा पनि गर्छ ।
१४. राति कतिखेर सुत्नुहुन्छ ?
काम विशेषले ढिलो भएन भने ६–७ बजे खाना खाइसक्छ । नौ बजेभित्र सुतिसक्छ ।
१५. सुत्नुअघि केही खाने बानी छ ?
छैन । तर, बिहान भने फलफूल खान्छ ।
१६. घरमा बस्दा कस्ता लुगा लगाउन मन पराउनुहुन्छ ?

ट्रयाकसुट, टी–सर्ट लगाउँछ ।

पत्रपत्रिकारटेलिभिजन

१७. पत्रपत्रिका कत्तिको पढ्नुहुन्छ ?
आफैँ खोजेर त होइन, ल्याएको छ भने पढ्ने गर्छ ।
१८. कतिखेर पढ्नुहुन्छ ?
जतिवेला फेला पर्‍यो त्यतिवेला हेर्ने हो ।
१९. टेलिभिजन कति हेर्नुहुन्छ ?
टेलिभिजन भने त्यति हेर्दैन ।
२०. आफ्नोबारेमा छापिएका समाचार पढेपछि–हेरेपछि कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ?
वास्तै गर्दैन । पहिला–पहिला भने अलि सिरियस्ली लिने गर्थी । तर, अचेल गसिप हेरेपछि ‘जे पनि लेख्छन्’ भनेर वास्तै गर्दैन ।

खाना र खाजा
२१. बिहानको खाजामा के मन पराउनुहुन्छ ?
बिहानमा त फलफूल नै हो खाने ।
२२. बिहानको खानामा के मन पराउनुहुन्छ ?
दाल, भात, तरकारी । नेपाली खाना रुचाउँछ ।
२३. माछा–मासु नि ?
खसीको मासु एकदमै मन पर्छ । त्यसपछि माछा खान रुचाउँछ ।
२४. दिउँसो खाजा के खानुहुन्छ ?
दिउँसोको खाजामा प्रायस् रुचि हुँदैन ।
२५. रातिको खानामा के रुचाउनुहुन्छ ?
भेजिटेबल र चिकेन सुप खान्छ । कहिलेकाहीँ रोटी पनि खान्छ ।
२६. खाना आफैँ पकाउनुहुन्छ कि अरूले पकाउँछन् ?
पकाउन रुचि त छ । तर, अरूले नै पकाउँछन् ।
२७. उहाँले पकाएको तपाईंलाई एकदम मन पर्ने परिकार कुन हो ?
मासु एकदम मीठो बनाउँछ ।
२८. उहाँले पकाएको तपाईंले खान नपाएको कति भयो ?
दसैँमा त पकाएको हो ।
२९. तपार्इंले आफू कत्तिको पकाउनुहुन्छ ?
मलाई पनि पकाउनमा त एकदमै रुचि छ । दिनदिनै पका भने पनि पकाउँछु । तर, पकाउनचाहिँ म पनि पकाउँदिनँ, काम गर्नेछन्, उनीहरूले नै पकाउँछन् । बरु, किचेनमा छिरेर यसरी पकाऊ भनेर भन्ने गर्छु ।
३०. तपाईंले पकाएको कुन परिकार उहाँले धेरै मन पराउनुहुन्छ ?
सबै साथीभाइ ‘मैले गजब मीठो पकाउँछु’ भन्छन् । तर, उसले भने मैले बनाएको खानाको तारिफ गर्दिन ।
३१. तपार्इंले पकाएको खानामा कमेन्ट गर्नुहुन्छ कि गर्नुहुन्न ?
मसँग त गर्दिनन् । अरूसँग ‘चिल्लो अलि बढी छ’ भन्छिन् । तर, मैले चिल्लो त त्यति धेरै राखेको हुँदैन । कहिलेकाहीँ अरूले नै पकाएको हो भन्ने ठानेर ‘आज त खाना साह्रै मीठो छ’ भन्छिन् । तर, मैले त्यो खाना मैले पकाएको हो भन्ने उसलाई थाहा हुँदैन ।

रेस्टुरेन्ट

३२. दुईजना भएर रेस्टुरेन्टमा खाना–खाजा खान कति जानुहुन्छ ?
दुईजना मात्रै त जाँदैनौँ । पछिल्लो समय त दुर्लभ घटना मात्रै होलान्, हामी सँगै रेस्टुरेन्ट गएका ।
३३. किन नि ?
उसले पनि जाऔँ भन्दिन, मैले पनि भनेको छैन ।
३४. प्रेममा हुँदा, भर्खर बिहे गर्दाताका त जानुहुन्थ्यो होला नि ?
सुरुका दुई–चार वर्ष त गइन्थ्यो नि । दरबारमार्गको नाङ्लोमा जान्थ्यौँ । रमाइलो हुन्थ्यो ।
३५. घरमा त दुईजना सँगै बसेर खानुहुन्छ नि ?
सँगै खाइँदैन । कहिले उसको काम हुन्छ, खाएर हिँड्छ, म पछि खान्छु । कहिले म पहिला खाएर निस्कन्छु । राति पनि त्यस्तै हो ।
३६. दुईजना सँगै बसेर खाना नखाएको कति भयो ?
भयो होला छ–सात वर्ष ।

परिवारसँगको सम्बन्ध

Karishma-Manandhar
३७. परिवारमा को–को हुनुहुन्छ ?
तीनजना थियौँ, छोरी अहिले अमेरिकामा छ । यहाँ अहिले हामी दुई मात्रै ।
३८. परिवारलाई कति समय दिनुहुन्छ ?
फुर्सदका वेला समय दिएकै हुन्छ । फेरि मलाई एकदमै त्यस्तो केयर गरिराख्नुपर्दैन ।
३९. दुईजना बसेका वेला कस्ता कुराकानी गर्नुहुन्छ ?
सिनेमा क्षेत्र, घरपरिवार, सबैखालका गफगाफ हुन्छन् ।
४०. तपार्इंसँग कत्तिको खुलेर कुराकानी गर्नुहुन्छ ?
त्यति धेरै हुँदैन ।
४१. तपार्इंसँग झुटो कति बोल्नुहुन्छ ?
सायद बोल्छ पनि होला, तर म उसले भनेका कुरामा विश्वास गर्छु । सबैभन्दा ठूलो विश्वास हो ।
४२. तपाईं आफूचाहिँ उहाँसँग कत्तिको झुटो बोल्नुहुन्छ ?
म पनि त्यस्तो झुटो बोल्दिनँ । धेरै कुरा भनेरै गरिन्छ ।
४३. उहाँले ‘झुटो बोलेको हो कि’ भनेर तपार्इंलाई निकै रिस उठेका घटना छन् ?
पहिला–पहिला त रिस उठ्थ्यो । तर, अचेल त्यस्तो हुँदैन ।
४४. तपाईंले वा उहाँले झुटो बोलेकै कारण दुईजनाबीच झगडा भएको छ कि छैन ?
झगडा त भएको छैन । उसलाई भन्दा मलाई धेरै शंका हुनुपर्ने हो, तर मलाई भन्दा उसलाई धरै हुन्छ ।

आम्दानी र खर्च
४५. आफ्नो आम्दानी तपार्इंलाई दिनुहुन्छ कि हुन्न ?
मलाई दिँदैन । आफूले कमाएको आफैँले खर्च गर्ने हो । पैसा भयो कि खर्च गरिहाल्ने हो उसले ।
४६. तपाईंले माग्नुहुन्न ?
माग्दिनँ ।
४७. तपार्इंले कमाएको उहाँलाई दिनुहुन्छ कि हुन्न ?
घरखर्च सबै मैले गरिरहेकै हुन्छु नि ।
४८. तपार्इंसँग पैसा माग्नुहुन्छ कि हुन्न ?
सकियो, चाहियो भने माग्छ ।
४९. सबैभन्दा धेरै कति दिनुभएको छ ?
५०–६० हजार दिएको छु ।
५०. पैसाको बारेमा दुईजनाबीच कहिले किचलो भएको छ कि छैन ?
त्यस्तो झगडा त भएको छैन ।

दुस्खी र खुसी ?
५१. कस्ता कुरामा एकदम खुसी मान्नुहुन्छ ?
उसले भनेको चिज पुग्यो भने खुसी हुन्छ । सबैलाई त्यही त हो नि ।
५२. कस्ता घटनामा धेरै दुस्खी हुनुहुन्छ ?
पैसा नहुँदा, आफूले सोचेको काम नहुँदा दुस्ख मान्छ ।

रिसाउने र खुसी हुने

५३. रिसाउने बानी कति छ ?
एक त रिसाउने बानी त एकदमै छ नि । अझ पहिला–पहिला धेरै थियो ।
५४. कस्ता कुरामा रिसाउनुहुन्छ ?
आफूले भनेको नहुँदा रिसाउँछ । कुरै नबुझी, उल्टो–उल्टो सोचेर पनि कहिलेकाहीँ रिसाउँछ ।
५५. अरूको रिस घरमा कत्तिको रिफ्ल्याक्ट हुन्छ ?
कहिलेकाहीँ विनाकारण रिसाएको देख्दा त्यस्तो लाग्छ ।
५६. रिसाएपछि के नबोल्ने, कराउने के गर्नुहुन्छ ?
रिसाएपछि दुवै नबोल्ने हो । ऊ कोठा बन्द गरेर बस्छ । म पनि बोल्दिनँ ।
५७. रिसाएर कति दिन एक–अर्कासँग नबोली बस्नुहुन्छ ?
ए, कहिलेकाहीँ त १०–१५ दिन नै बोलिँदैन ।
५८. अनि, कसले पहिला फकाउँछ ?
कसैले पनि फकाउँदैन ।
५९. कसरी बोल्नुहुन्छ त पछि ?
साथीभाइ आउँदा अरूलाई किन थाहा दिने भनेर बोल्छौँ । बिस्तारै रिस मर्दै जान्छ, अनि बोल्छौँ ।
६०. रिसले वा मायाले तपार्इंले कहिल्यै पिट्नुभएको छ ?
छैन । हात छाड्ने काम त गरिँदैन ।
६१. उहाँले तपाईंलाई कहिले हात छाड्नुभएको छ ?
उसले पनि छैन ।
६२. माया गरेर तपाईं के भनेर बोलाउनुहुन्छ ?
‘करिश’ भन्छु ।
६३. अनि, उहाँले तपाईंलाई के भनेर सम्बोधन गर्नुहुन्छ ?
‘विनोद’ भन्छिन् ।

जिद्दी
६४. जिद्दी गर्ने स्वभाव कत्तिको छ ?
जिद्दी त कुरै छाड्नुस् । उसले भनेको भएन भने सोच्नुस् खत्तम भो । आफूलाई लागेको गरेरै छाड्छ ।
६५. कस्ता कुरामा जिद्दी गर्नुहुन्छ ?
उसलाई ठीक लागेका, उसले गर्छु भनेर सोचेका कुरामा ।
६६. जिद्दी गरेपछि सम्झाउँदा पनि मान्नुहुन्छ ?
सम्झाउनै सकिँदैन ।

रक्सी र चुरोट
६७. केही अम्मल छ कि छैन ?
अम्मल नै त होइन, अलि–अलि खाने–पिउने हुन्छ ।
६८. चुरोट खानुहुन्छ कि खानुुहुन्न ?
बोकेरै हिँड्ने होइन, तर साथीभाइ जम्मा हुँदा तान्छ ।
६९. कुन चुरोट खानुहुन्छ ?
सूर्य चुरोट खान्छ ।
७०. रक्सी खानुहुन्छ कि खानुहुन्न ?
खान्छ ।
७१. कुन रक्सी मन पराउनुहुन्छ ?
ह्विस्की, वाइन पनि खान्छ । तर, उसलाई मन पर्नेचाहिँ बियर हो ।
७२. पार्टीहरूमा खानुहुन्छ कि घरमै ?
साथीहरू जमघट हुँदा बाहिर पनि खान्छ । घरमा पनि खान्छ ।
७३. कति खानुहुन्छ बियर ?
हेरी–हेरी हुन्छ । कहिले एक बोतल होला, कहिले तीन–चार बोतल पनि हुन्छ । तर, मलाई चाहिँ बियर मन पर्दैन । ‘तीन–चार बोतल पेटमा कसरी अटाउन सकेको होला रु’ भनेर सोच्छु ।
७४. दुईजना सँगै बसेर कत्तिको खानुहुन्छ ?
दुईजना मात्रै बसेर त खाएका छैनौँ । साथीभाइ जम्मा भएका वेला भने सँगै बसेर खाइन्छ ।
७५. रक्सीले मातेर झगडा कत्तिको हुन्छ ?
झगडा त हुँदैन । उसले एउटै कुरा दोहर्‍याई–तेहर्‍याई गर्न थाली भने बुझ्नुपर्छ, ‘अब यसलाई लाग्यो’ भनेर । अनि, ‘हो, हो’, ‘हो त नि’ भनेर बस्ने हो ।

पढ्ने बानी
७६. पुस्तक पढ्ने बानी कत्तिको छ ?
पढ्छ कहिलेकाहीँ । कसैले ‘यो पुस्तक राम्रो छ, पढ्नु’ भनेर पनि दिएका हुन्छन् ।
७७. कस्ता पुस्तक पढ्न रुचाउनुहुन्छ ?
आत्मकथाहरू मन पराउँछ ।

रोमान्टिक
७८. रोमान्टिक कत्तिको हुनुहुन्छ ?
अहिले त मैले बिर्सिसकेँ ।
७९. कहिलेकाहीँ रोमान्टिक मुडमा तपार्इंसँग जिस्किने गर्नुहुन्न ?
अचेल हुँदैन ।
८०. कहिलेकाहीँ गीत गुनगुनाउनुहुन्छ कि हुन्न ?
एक्लै भएको वेला त होइन, साथीहरूसँग भएका वेला गुनगुनाउँछ ।

बिहे र परिवार
८१. तपाईंहरूको विवाह कति वर्षको उमेरमा भयो ?
सन् १९९१ मा हामीले बिहे गरेका हौँ ।
८२. मागी विवाह कि प्रेम विवाह ?
प्रेम विवाह हो । बिहे गर्दा मैले कसैलाई थाहा दिइनँ ।
८३. कसरी प्रेम भयो ?
म युकेमा थिएँ । करिश्मासहितको टोली सुटिङका लागि युके आएको थियो । त्यहीँ भेट भएको हो । म अलि भावुक मान्छे, उनीहरू फर्किंदा एयरपोर्टमा भावुक बनेँ । ‘देखिस् तँ जाने भइस् भनेर ऊ रोयो’ भनेर साथीहरूले उसलाई जिस्क्याएछन् । पछि म पनि नेपाल आएँ । भेटघाट पनि हुन थाल्यो ।
८४. पहिलो प्रस्ताव कसले राखेको थियो ?
हामी कसैले पनि प्रेम प्रस्ताव राखेनौँ । आफैँ बुझ्यौँ ।
८५. अनि बिहे कसरी भयो ?
म तीन–चार दिनमै युके जाने तयारीमा थिएँ । कसैले उसलाई ९करिश्मा० ‘बिहे गर्ने होइन, मोजमस्ती मात्रै गर्ने हो’ भनेर भनिदियो होला । मकहाँ आइन् र ‘बिहे गर्ने कि नगर्ने रु’ भनेर सोधिन् । मैले ‘गर्ने हो, तर बुबाआमालाई पनि भन्छु, युके जाँदै छु, कुरा गरेर आउँछु’ भनेँ । बुबाआमा उतै हुनुहुन्थ्यो । तर, उनले ‘होइन, अहिले नै गर्ने’ भनिन् । मैले ‘कहाँ गर्ने’ भनेर सोधेँ । उनले ‘गुह्येश्वरी’मा भनिन् । मैले ‘लौ हुन्छ, पर्सी बिहे गर्ने’ भनेर फर्काए ।
८६. पर्सिपल्टै गर्नुभयो त ?
गरेँ नि । घरमा कसैलाई बताइनँ । एक–दुईजना साथीलाई मन्दिरमा आउनु भनेर बोलाएको थिएँ । गुह्येश्वरी पुगेको, बिहे गर्नेहरूको भीडले ठाउँ पाइएन । अनि, ‘लौ हिँड’ भनेर बंगलामुखी ल्याएँ र त्यहीँ बिहे गरेँ । त्यसपछि उनी आफ्नो घर गइन्, म मेरो कोठामा ।
८७. बिहे गरेको दिन सँगै बस्नुभएन ?
कहाँ बस्नु नि रु एक–दुई दिनमा म युके फर्किएँ । त्यताबाट आएर फेरि बम्बई गएँ । धेरै पछि मात्रै सँगै बस्यौँ ।
८८. बुबाआमाले थाहा नदिएर बिहे गरेकोमा गाली गर्नुभएन ?
म एक्लो छोरो । बिहे नगरेकोमा चिन्तित हुनुहुन्थ्यो । ‘जोसँग गरे पनि गर’ भन्नुभएको थियो । करिश्मासँग बिहे गरेको कुरा उहाँहरूले अरूबाट पहिल्यै थाहा पाउनुभएको रहेछ । मलाई भने केही पनि भन्नुभएन, मैले पनि केही भनिनँ ।
नेपाल फर्किंदा आमाले एउटा चिठी दिनुभयो । पछि पढ्दा त्यसमा गुनासो लेख्नुभएको रहेछ । ‘एक्लो छोरा थिस्, थाहा दिएको भए धुमधामले बिहे गथ्र्यौँ । चित्त दुखाइस्’ भनेर लेख्नुभएको रहेछ ।

ट्याटु

Karishma-Manandhar.jpg 1
८९. उहाँले आफ्नो छातीमा खोपेको गुलाफको फूल भएको ट्याटु निकै चर्चित छ । तपाईंलाई कस्तो लाग्छ ?
(हाँस्दै) नो कमेन्ट । उसलाई राम्रो लाग्यो, बनायो ।
९०. ट्याटु खोप्दै हुनुहुन्छ भन्ने तपाईंलाई थाहा थियो कि थिएन ?
उसले अमेरिकामा खोपाएको हो । मलाई थाहा थिएन ।
९१. ट्याटु देखेपछि के भन्नुभयो ?
केही पनि भनिनँ । उसलाई मन परेर खोपाएको, मैले के भन्नु रु

विदेश बसाइ र सम्बन्ध
९२. लामो समय उहाँ विदेश बस्नुभयो रु तपाईंलाई एक्लै न्यास्रो लागेन ?
लागेन, बरु खुसी भएँ ।
९३. तपाईंहरूको सम्बन्ध चिसिएको हल्ला पनि चल्यो नि त्यतिवेला, खास कुरा के थियो ?
होइन । ती सब अनुमानका भरमा चलेका हल्ला मात्रै हुन् ।
९४. विदेश हुँदा तपाईंहरूबीच फोनमा कुराकानी कत्तिको हुन्थ्यो ?
हुन्थ्यो नि । म आफँै पनि वेला–वेला गइरहन्थेँ ।
९५. लामो समय अमेरिका बस्दा पैसा त कमाउनुभएको होला नि ?
केको पैसा कमाउनु नि रु फर्किंदा टिकट त मैले काटेको । पैसा त कमायो होला, तर खर्च गरेर सकी । पैसा भयो भने उसले किनमेल गरिहाल्ने हो, के ।

चलचित्र
९६. आफ्नो जमानाकी व्यस्त नायिका हुनुहुन्थ्यो । चलचित्र साइन गर्दा तपाईंसँग सल्लाह गर्नुहुन्थ्यो कि गर्नुहुन्थेन ?
हाम्रो त्यस्तो सल्लाह हुँदैनथ्यो । आफूलाई आएका अफर हेरेर उसले निर्णय लिने हो । मन लागे गर्ने हो, नलागे नगर्ने हो ।
९७. उहाँलाई खेल्न मन लागेको तर तपाईंले रोकेका फिल्म छन् कि छैनन् ?
छैन । म त्यस्तो हस्तक्षेप गर्दिनँ ।
९८. उहाँलाई एकदमै मन पर्ने कलाकार को हो ?
उसलाई मन पर्ने हरिवंश आचार्य, राजेश हमाल, शिव श्रेष्ठ हो ।
९९. कुन नायकसँग उहाँको जोडी धेरै सुहाउँछ ?
भुवन केसी, शिव श्रेष्ठ र राजेश हमालसँग राम्रो जोडी सुहाउँछ भन्ने हो । तर, राजेशसँग धेरै फिल्म खेलेको हुनाले आम मान्छेले ऊसँगै सुहाएको ठान्छन् ।
१००. कुन नायकको को–स्टारका रूपमा उहाँले फिल्म नखेलिदिए हुन्थ्यो भन्ने लाग्छ ?
त्यस्तो कोही पनि लाग्दैन मलाई ।
१०१. उहाँले खेलेको तपार्इंलाई सबैभन्दा मन पर्ने फिल्म कुन हो ?
ऊ आफूलाई त वसन्ती राम्रो लाग्छ, तर मलाई बाबुसाहेब ठीक लाग्छ ।

(नयाँ पत्रिका दैनिकबाट)

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget