Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पाल्पामा १३६ जना सङ्क्रमितले नियमित एआरटी सेवा लिए

पाल्पा, २९ कात्तिक । युनाइटेड मिसन अस्पताल तानसेनबाट १३६ जना एचआइभी सङ्क्रमितले एआरटी सेवन लिदै आएका छन् ।

एआरटी नामक औषधि नियमित रुपमा सेवन गर्दा एचआइभी सङ्क्रमितलाई स्वास्थ्य रहन सहयोग गर्छ ।

एआरटी सेवन गर्नेमध्ये ७७ जना सङ्क्रमित महिला र ५९ जना पुरुष रहेका छन् । पाल्पामै एचआइभी जीवाणु परीक्षण (एआरभी) हुन थालेपछि सङ्क्रमितको पहिचान र उपचार सहज भएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत राजेन्द्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

जनस्वास्थ्यका अनुसार पाल्पा जिल्लामा चार वर्षअघि ८६ जना एचआइभी सङ्क्रमित रहेका थिए । उक्त सङ्ख्या बढेर गत वर्ष २३७ जना र यो वर्ष २६६ जना पुगेको छ ।

दुई सय ६६ जना सङ्क्रमितमध्ये ६६ जना एकल महिला छन् । बढ्दो वैदेशिक रोजगारी, सामाजिक चेतना र सङ्क्रमितलाई उपचार र सहयोगले समेत सङ्क्रमितहरू बाहिर आउने क्रम बढेको उहाँले बताउनुभयो । यसअघि बालबालिका कम प्रभावित भए पनि पछिल्लो समयमा बालबालिकामा समेत एचआइभी सङ्क्रमण देखिएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget