Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पूनःसिमांकनको विरोध

पवन अधिकारी
इटहरी ४ मंसिर । प्रादेशीक सिमाङकन परिमार्जन गर्दा सुनसरी, मोरंग, झापा जिल्लालाइ टुक्राउने कुरा चलेकोले पूनः सिमाङनको विरोध र जिल्ला टुक्राउन नहुने भन्दै बिहिबार इटहरीमा प्रदर्शन गरिएको छ । birod in itahar
मधेशी मोर्चाले उठाएको मागलाइ सम्बोधन गर्न सुनसरी, मोरंग र झापाका राजमार्ग तलतिरका भाग मधेशमा मिलाउने शिर्ष नेताहरु विच छलफल चलेको भन्दै प्रदेश सिमाङकनको नयाँ प्रस्तावको विपक्षमा रहेका स्थानियहरु आक्रोसित भएका हुन् ।
मोरङमा एमाले समर्थीत व्यक्तिहरुले जिल्ला टुक्क्राउन पाइदैन भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री, सभामुख र राजनितिक संयन्त्रका संयोजकलाई पत्र पठाएका छन् । इटहरीमा नागरिक समाजको अगुवाईमा जिल्ला टुक्क्राउन नहुने भन्दै विरोध प्रदर्शन गरिएको हो ।
प्रदेश विभाजन नभएको अवस्थामा मधेसी मोर्चाका नेताहरुले नाकाबन्दिलाई सहयोग गरिरहदा भविष्यमा मधेशा प्रदेश भए पहाड र हिमाल क्षेत्रमा सधैं असहयोग हुन सक्ने उनीहरुको तर्क छ । यी जिल्लाका मधेशीहरुको रहन सहन, भाषा र बसोबास अन्य समूदायमा मिल्दो जुल्दो भएकाले जिल्ला लाई टुक्राई रहनु नपर्ने अगुवाहरुले बताएका छन् ।
सिमांकन परिमार्जन गर्नु भन्दा मधेशी लाई अधिकार दिएर मात्र समस्याका समाधान हुन सक्ने भन्दै अगुवाहरुले उनिहरुले प्रदेश भन्दा अधिकार लाई प्राथमिकता दिएकोले सरकार र दलहरुले त्यस्मा जोड दिनुपर्ने अगुवाहरुले बताए । नागरिक समाज इटहरीका अध्यक्ष बोधराज नेपालले भारतसँग नाका जोडिएका तराईका भू–भाग मधेश प्रदेश बनाउनुपर्ने माग उचित नभएकोले विरोध गर्नु परेको बताए । विरोध कार्यक्रममा जिल्लाका विभिन्न संघसंस्थाहरुले ऐक्यवद्धता जनाएका थिए ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget