Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आजदेखि बन्द झन कडा बन्दै , बच्चालाई एम्बुलेन्समै राखेर तोडफोड

विराटनगर, ४ कार्तिक शुक्रवार । चाडपर्वको समयमा बन्द हडताललाई खुकुलो बनाएको मधेशी मोर्चाले विराटनगर लगायतका क्षेत्रमा आजदेखि बन्दलाई निरन्तरता दिएको छ ।
मोर्चाका कार्यकर्ताहरुले विराटनगर–धरान सडकखण्डको सरौचिया, भट्ठी मोड, रोडशेष लगायतका क्षेत्रमा आज विहानैबाट प्रदर्शन गरिरहेका छन् ।
मोर्चाको अवरोधका कारण सडकमा ठूला सवारी–साधन चल्न सकेका छैनन् । मोटरसाइकल र सीटी सफारी समेत पातलोरुपमा चलेका छन् ।
मोर्चाका कार्यकर्ताहरु सडकमा उत्रिएपछि प्रहरी प्रशासनले नगर क्षेत्रमा सुरक्षा सर्तकता बढाएको छ । विराटनगर लगायत सिमाक्षेत्रमा ठुलो शख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यस्तै वन्दकर्ताले मोरंङको कटहरीमा आज विरामी वोकेको एम्वुलेन्समा तोडफोड गरी क्षती पु¥याएका छन ।
रंगेलीवाट विराटनगरतर्फ विरामी लिएर आउदै गरेको को १ च ७३७९ नम्वरको एम्वुलेन्स वन्दकर्ताले तोडफोड गरेको मोरङ प्रहरीले जनाएको छ ।
१०,१२ जनाको शख्यामा रहेको वन्दमा एम्वुलेन्स चलाएको भन्दै एकासी एम्वुलेन्स माथी आक्रमण गरेका थिए ।
ढुंगा प्रहारवाट सिसा लागेर विरामी वालक समेत घाइते भएकाछन ।
विरामी तथा चालकलाइ निस्कने समेत नदिइ एम्वुलेन्समा ढुंगा मुढा गरेका थिए ।
वन्दकर्ताको आक्रमणवाट रंङेली वचत तथा ऋण सहकारी संस्थाको सो एम्वुलेन्सका सवै सिसा फुटेको छन । घटनापछी एम्वुलेन्स चालकहरुले सुरक्षाको मागगर्दै जिल्ला प्रसासन कार्यालय पुगेका छन ।
यस्तै वन्दकर्ताले आज विहान कटहरी स्थित नेसनल सिमेन्टको आधादर्जन सवारी साधनमा तोडफोडगरी क्षती पु¥याएका छन ।
वन्दकर्ताले उधोग परिसरमा राखेको मोटरसाइकल तथा भेनमा तोडफोड गरेको मोरंङ प्रहरीले जनाएको छ । १५ , २० जनाको समुहमा आएका वन्दकर्ताले तोडफोड गरेका थिए ।
यस्तै जर्वदस्ति वजारपसल वन्द गराउदै हिडने सयुक्त मधेशी र्मोचाका चारजना कार्यकर्तालाइ आज प्रहरीले विराटनगरवाट पक्राउ गरेको छ ।
खुलेका पसल तथा सवारी साधनलाइ जर्वदस्ति वन्द गराउन खोजेपछी उनीहरुलाइ पक्राउ गरिएको मोरंग प्रहरीका प्रवक्ता एंव डिएसपी प्रमोद खरेलले बताउनुभयो ।  उनीहरुलाइ विराटनगरका मेनरोडवााट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै मधेसी मोर्चाका कार्यकर्ताले वीरगन्जमा औषधि लोड गरेर राखिएको गाडीमा आगजनी गरेका छन ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले औषधि भित्र्याउन दिने निर्णय गरेकै राति औषधि लोड गरिएको गाडीमा आगजनी भएको हो । बिहीबार राति एक बजे तिर ओम आश्रम छेउको गोदामबाट लोड गरी जनपुरको नबिनम मेडिकल हलमा लैजानका लागि लोडगरिएको ना २ ख ८२९२ नम्बरको ट्रकमा पेट्रोल छर्किएर आगजनी गरिएको हो । उक्त ट्रकमा अति आवश्यक औषधि भनेर व्यानर लेखिएको थियो ।

आगजनीबाट गाडीमा रहेको २० लाख मूल्य बराबरको औषधि नष्ट भएको प्रहरीले जनाएको छ । औषधि बोकेको गाडीलाई प्रहरीको स्कटिङमा शुक्रबार बिहान ११ बजेपछि जनकपुर लैजाने तयारी गरिएको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget