
विहीबार डेढ बजे वीरेन्द्र सभागृहमा भेला भएर जिल्ला प्रशासन घेराउ गर्न जाने तयारी भएको छ । मधेशवादी दलको माग पूरा गराउन मोरङ र सुनसरीका दक्षिणी भाग काटेर २ नम्बर प्रदेशमा मिसाउने तयारी भएको जनाउँदै नागरिक समाजले जनभाव बुझेर मात्र निर्णय गर्न खबरदारी गरिएको जनाएको छ । जिल्लालाई टुक्रा पार्दा अहिलेको भौगोलिक अवस्थिति, सांस्कृति पहिचान र अस्तित्वमै संकट आउने भन्दै विराटनगरसहितको भू–भागलाई अन्य प्रदेशमा नगाभ्न चेतावनी दिइएको हो । यस विषयमा विराटनगरमा बृहत छलफलसमे चलाइएको थियो ।
Post a Comment