विराटनगर ९ मंसिर । झापा मोरङ र सुनसरीलाई विराट प्रदेश कायम गर्न माग गर्दै विराट राजबंशी समाजले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।

आज मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की मार्फत ज्ञापन पत्र पठाउदै समाजले तिन जिल्लाको छुट्टै विराट राज्य हुनुपर्ने र यी तिन जिल्ला अरु प्रदेशमा मिसाउन नहुने माग गरेको हो ।
समाजका अध्यक्ष भुबनेश्वर मण्डलले विराट राजाको दरवार भएको एतिहासिक थलो भएको र यसको छुट्टै पहिचान भएकोले तिन जिल्ला विराट प्रदेश हुनुपर्ने बताउनुभयो ।
Post a Comment