विराटनगर, ९ मंसिर । महिला हिंसा विरुद्धको अभियान परिवारवाटै शुरु गर्न सके अभियान सार्थक र प्रभावकारी हुने विराटनगरमा आज आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन ।

उहाले मोरंगमा सो अवधिमा ४७ वटा महिला हिंसाको घटना प्रहरीमा दर्ज भएको समेत जानकारी दिनुभयो । मोरंगका सहायक प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले महिला हिंसा अन्तका लागी सामुहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा महिला विकास अधिकृत महेश्वरी महेश्वरी विष्ठ, राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालयका प्रमुख कोषराज न्यौपाने लगायतका वक्ताहरुले महिला हिंसा विरुद्धको १६ दिने अभियानलाइ प्रभावकारी बनाउन स्थानिय स्तरमा कार्यक्रम तथा छलफल र सचेतना मुलुक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
Post a Comment