मंसिर ९, २०७२। गएराति विराटनगरमा एक महिलालाई लुटेराहरुले लुटपाट गरेका छन् । मोरङको बनिगामा गाविस ४ मा रहेको अनिता ज्वेलरी बन्द गरेर घर फर्किँदै गनुभएकाी कोशी हरैचा ३ कि मन्जु निरौलालाई विराटनगर—विराट चोक सडक खण्डमा पाँच जनाको समूहले लुटेको बाताईएको छ ।

दुईवटा मोटरसाइकलमा आएका ५ जनाको समूहले घर फर्किँदै गरेकी निरौलाको स्कुटरलाई लात्ताले हानेर लडाइ ब्याग लुटेर लगेको मोरङका डिएसपी प्रमोद खरेलले जानकारी दिनुभयो । निरौलाको ब्यागभित्र २५ तोला सुन, ५० तोला चाँदी र डेढ लाख रुपैयाँ नगद रेहको डिसपी खरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार केहीबेरअघि लुटपाटमा संलग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । थप विवरण भने आउन बाँकी रहेको खरेलले जानकारी दिनुभयो ।
Post a Comment