
कात्तिक महिनादेखि मध्य मङ्सिरसम्ममा सो परिमाणको डिजेल सम्बन्धित पेट्रोलपम्पबाट सिफारिसपत्रका आधारमा उपलब्ध गराइएको जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ ।
वास्तविक किसानलाई डिजेलको जोहो गर्न र कालोबजारी हुन नदिने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले जग्गाधनी प्रमाणपत्रको आधारमा डिजेलका लागि सिफारिस गर्ने गर्छन् । एक बिघा जग्गा भएका किसानलाई १० लिटर र पाँच बिघा जग्गा भएका किसानलाई एकपटकका लागि ५० लिटरसम्म उपलब्ध गराउनका लागि सिफारिस गर्ने गरिएको सो कार्यालयका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी गराउनुभयो ।
जिल्ला कृषि विकास कार्यालयका साथै कटहरि, बेलबारी, उर्लाबारी र झोराहाट सेवा केन्द्रबाट सम्बन्धित क्षेत्रका किसानका लागि सिफारिसपत्रको व्यवस्था मिलाइएको छ । यस जिल्लाका किसानलाई धानबाली भित्र्याएपछि बालाबाट धान झार्नका लागि प्रयोग गरिने थ्रेसर मेसिन र गहुँबाली तयार गर्नका लागि ट्याक्टर चाहिने इन्धनका लागि किसानलाई समस्या हुन नदिन यस प्रकारको व्यवस्था गरिएको हो ।
Post a Comment