
आईतबार मधेशी मोर्चाले बिराटनगरमा गरेको बिरोधसभामा लिङ्देनले बोलेपछि अन्य नेताहरु आक्रोशित देखिएका छन् । पार्टीका सर्बमान्य नेता बीर नेम्वाङले भन्नुभयो – “कुमारले पार्टीमा रहने ठाँउ गुमाइसकेका छन् ।” नेम्वाङले झापा, मोरङ र सुनसरीलाई मधेश प्रदेशमा मिलाउन नदिने बताउनुभयो । पार्टी केन्द्रीय समितिको बैठक नबोलाई मधेशी मुद्दामा सती गएको भन्दै उहाँले लिङ्देनको आलोचन गर्नुभयो । लामो समयदेखि लिङ्देन निकट रहेका पार्टी सचिब प्रेमदिप थाम्सुहाङ लिम्बुवानको मुद्दालाई विसर्जन गर्न अध्यक्ष लिङ्देन लागिपरेको आरोप लगाउनुभयो । “आफ्नो आन्दोलन सम्हाल्नु पर्नेमा लिङ्देन अर्काको धोती स्याहार्न गए”, थाम्सुहाङले भन्नुभयोे, “यो पार्टीभित्र भयानक अन्तरसंघर्षको अवस्था हो ।” सोमवार पार्टीले पूर्वका नौ जिल्ला सहितको लिम्बुवान राज्य माग गर्दै आब्हान गरेको चक्काजाममा अध्यक्ष लिङ्देन बाहेक नेताहरु सडकमा देखिएका छैनन् । तर, चक्काजामको प्रभाव पूर्वमा परेन । पूर्वका सबै ठाउँमा यातयातका साधनहरु बिना अबरोध चलिरहेको प्रहरीले जनाएको छ ।
एक दशकदेखि अरुण पूर्वका ९ जिल्ला लिम्बुवान प्रदेश बनाउने मागका साथ आन्दोलन गरिरहेका पाँच लिम्बुवानबादी पार्टीहरुको २०७१ साउन १९ मा सुनसरीको भेडेटारमा भएको भेलाले कुमार लिङ्देनको अध्यक्षतामा संघीय लिम्बुवान पार्टी नेपाल स्थापना गरेको थियो ।
Post a Comment