
कांग्रेसले वीपीको विचार लाई परित्याग गरेकोले पार्टीको संगठनमा विकृती विसंगती बढेको र देशको आर्थिक नीतिमा वीपीको परिकल्पना लाई स्थान नदिएकाले देशमा भ्रष्टाचारले संस्थागत रुप लिएर धनी झन धनी हुने र गरिब झन गरिब हुने अवस्था बढेकोले उनेले आफ्ना फरक विचारहरु कांग्रेसका हरेका मञ्चमा प्रकट गर्दै आएका छन् ।
आचार्य लाई शनिवार समाजको पाँचौं सुनसरी जिल्ला अधिवोशनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य, पूर्व अर्थमन्त्री डा।रामशरण महतले दोशल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । आचार्यको योगदानको स्मरण गर्दै डा।महतले विद्यार्थीकाल देखीनै चिरपरिचित आनन्द आचार्य कुनैपनि पद, प्रतिष्ठा र लोभ लालचमा नलागेका बौद्धिक व्यक्तित्व लाई सम्मान गरेर प्रशंसनीय कार्य गरेको बताए ।
समाजका अध्यक्ष शिवनारायण साहको सभापतित्वमा भएको उद्घाटन समारोहमा कांग्रेस केन्द्रिय सदस्यव्दय मिना सुब्बा, दीलकुमारी राई, कांग्रेस जिल्ला सचिव केदार भट्टराई, सुनसरी–१ क्षेत्रिय कावा सभापति सुरेशमान श्रेष्ठ, कार्यवाहक नगर अध्यक्ष शैलेस कोइराला, महिला संघ क्षेत्रिय अध्यक्ष नेत्रकुुमारी राई, प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष गंगा प्रसाद चौलागाईले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन समाजका सचिव जीवनकुमार राईले गरेका थिए ।
Post a Comment