
काग्रेस नगर समितिले मोरंगका प्रमुख जिल्ला अधिकारलाइ ज्ञापनपत्र वुझाउदै वजारमा मौलाएको कालावजारी , मुल्य वृद्धि गर्ने उपर कडाकार्वाही गर्न समेत माग गरेको छ । जोगवनि नाका भएर आउने इन्धन याहाको आवश्यकता पुरा गरेर मात्र अन्यत्र पठाउनुपर्ने माग समेत गरिएको छ ।कांग्रेस नगर समितिका अध्यक्ष भिम पराजुली द्धारा जारी विज्ञेप्तिमा वन्दको समयमा भइरहेको एम्वुलेन्स तोडफोड , पेट्रोल छर्केर मानिसलाइ आगो लगाउने कुरा अमानविय र निन्दनिय भएको भन्दै शान्तीपुर्ण आन्दोलनवाटै समस्याको समाधान खोज्न सम्वन्धितपंक्षसंग आग्रह समेत गरिएको छ ।

कांग्रेसका नेता तथा कार्यकर्ता सहित पुग्नु भएका नगर समिति अध्यक्ष पराजुलीले प्रजिअ कार्कीलाइ ज्ञापनपत्र वुझाउनु भएको थियो ।
Post a Comment