
यस्तै स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण सेवा गरेकोमा कोशी अञ्चल अस्पतालका बरिष्ठ फिजिसियन डा. दिपक सिग्देललाई पनि सम्मान गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले पोखरेल र सिग्देललाई सम्मान गर्नुभएको थियो ।
रञ्जन शाहीले संयोजन गर्नुभएको समारोहमा जेसिजले युवा नेतृत्वमा पु¥याएको योगदान सन्र्दभमा वक्ताहरुले चर्चा गरेको थिए ।
जेसिजले महिलाको नेतृत्व विकासमा पनि महत्वपुर्ण योगदान गरिरहेको कार्यक्रमकी मुल संयोजक भगवती कालिकोटेले बताउनुभयो ।
बिराटनगर जेसिजका अध्यक्ष तारा ब. थापाको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि प्रजिअ गणेशराज कार्की,अथिति बिराटनगर जसिजका पुर्ब अध्यक्ष जेसि नारायणा प्र.श्रेष्ठ ,बोर्ड अफ ट्रष्टका अध्यक्ष जेसि गोपाल गुप्ता , निबर्तमान अध्यक्ष जेसि टिपी आचार्य लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम विराटनगरको जेसिज भवनमा भएको थियो ।
Post a Comment