Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आफ्नो अधिकार माग्दा अर्काको अधिकारको ख्याल गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ, १५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकारका लागि सङ्घर्ष गर्दा अर्काको अधिकार हनन् नहुनेतर्फ ख्याल गर्न आन्दोलनरत दलहरुलाई आग्रह गर्नुभएको छ ।

उपराष्ट्रपतिको कार्यालय बहादुरभवनमा आज आयोजित निवर्तमान उपराष्ट्रपति परमानन्द झाको बिदाई समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानसभाले बनाएको नेपालको संविधान लोकतान्त्रिक र सबैको भावनालाई सम्बोधन गर्ने भएकाले आन्दोलन र असन्तुष्टिको जरुरत नरहेको बताउनुभयो ।

उहाँले केही विषयमा असन्तुष्टि व्यक्त गर्दै आएका दल तथा समूहको माग वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकार तयार रहेको भन्दै प्रधानमन्त्री ओलीले विश्वका ठूला–ठूला समस्यासमेत संवादमार्फत समाधान भएकाले सार्थक वार्तामा बस्न अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपालको संविधानलाई सबै वर्ग तथा क्षेत्रले अपनत्व महसुस गर्ने खालको छ, सबैको भावनालाई त्यसले सम्बोधन गरेको छ । केही समस्या बाँकी रहेको भए त्यसलाई पनि सम्बोधन गर्न सकिन्छ तर आन्दोलनको नाममा आम जनताको हक र अधिकारलाई खण्डित गर्ने काम कोही कसैबाट हुनु हुँदैन ।’’

मुलुकमा सामाजिक, सांस्कृतिकलगायत विभिन्न खालको विविधतामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसबाट गौरव गर्दै शान्ति र समृद्धिको मार्गमा अगाडि बढ्नु नै आजको प्रमुख आवश्यकता भएको बताउनुभयो ।

नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त संविधानको सहज कार्यान्वयन गर्नु र आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्न सबैको साथ र सहयोगको जरुरत रहेको उहाँको कथन थियो ।

संविधानले सबैलाई समान अवसर र सुविधा प्रदान गरेकाले त्यसबाट आ–आफ्नो अधिकार लिएर राष्ट्रिय मुद्दाहरुमा राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । उहाँले विषम परिस्थितिमा सात वर्ष तीन महिना उपराष्ट्रपतिको भूमिकामा रहेर देश र जनताको सेवा गर्नुभएको निवर्तमान उपराष्ट्रपति परमानन्द झाप्रति आभार प्रकट गर्नुभयो ।

निवर्तमान उपराष्ट्रपति परमानन्द झाले नेपाली जनताको चाहना र भावनालाई सम्बोधन गर्न सरकार, राजनीतिक दल चुक्न नहुनेमा जोड दिनुभयो । असन्तुष्टि व्यक्त गरिरहेका दल तथा समूहलाई वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्नुपर्ने उल्लेख गर्दै उहाँले विगत केही समयदेखि मुलुकले भोग्नुपरेको असहज परिस्थितिको सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।

मुलुकमा सहज आपूर्ति हुन नसकेका कारण जनता समस्यामा परेको उल्लेख गर्दै उहाँले गत वैशाख १२ गते गएको भूकम्पका कारण सिर्जित समस्याको समेत समाधान हुन नसकेको अवस्थामा सबैको सहमतिले नै सबै समस्याको समाधान हुनेमा जोड दिनुभयो ।

निवर्तमान उपराष्ट्रपति झालाई प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश श्रेष्ठ, सभामुख ओनसरी घर्ती, विभिन्न राजनीतिक दलका शीर्ष नेतालगायतले मायाको चिनो प्रदान गरी बिदाई गर्नुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget