
गणेशमानसिंह फाउन्डेसनको सहयोगमा विभिन्न भाषामा सिंहको व्यक्तित्वसम्बन्धी चित्रकथा र पुस्तक प्रकाशन गर्न लागिएको फाउन्डेसनका महासचिव घनेन्द्रपुरुष ढकालले जानकारी दिनुभयो ।
प्रदिपमान श्रेष्ठद्वारा लिखित नेवारी भाषाको पुस्तक ‘सिंहवाद’, माथवरसिंह बस्नेतद्वारा लिखित ‘मेरा कथाका पानाहरु खण्ड तीन’, बस्नेतद्वारा पहिले लेखिएको ‘मेरा कथाका पानाहरु खण्ड एक र दुई’को लालदेउसा राईद्वारा अङ्ग्रेजी भाषामा अनुवाद र प्रकाशप्रसाद उपाध्यायद्वारा हिन्दी भाषामा लिखित ‘गणेशमान सिंह की सङ्घर्ष गाथा’ पुस्तक प्रकाशन गरिएको ढकालले बताउनुभयो ।
सिंहकै नाममा पाँच हजार थान चाँदीको सिक्का र हुलाक टिकट प्रकाशन गर्न लागिएकोे छ ।
फाउन्डेसनले सिंहको स्मृतिमा प्रजातन्त्र पुरस्कार स्थापनासमेत गरेको छ । फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहको अध्यक्षतामा बसेकोे कार्यकारी समितिको बैठकले जन्मशताब्दी वर्षको अवसरमा पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो ।
विसं १९७२ कात्तिक २४ गते जन्मनुभएका गणेशमान सिंहको गत वर्ष कात्तिक २४ देखि जन्मशताब्दी वर्ष प्रारम्भ भएको र यही कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ ।
यसअघि फाउन्डेसनले जन्मशताब्दीमा खेलकुद प्रतियोगिता, रेडियो नाटक, बलिदान अभियानजस्ता कार्यक्रम सञ्चालन गरेको थियोे ।
Post a Comment