Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

चीनबाट पेट्रोलियम पदार्थ आपूर्तिको उपायबारे छलफल

काठमाडौँ, ६ कात्तिक । सत्ता साझेदार दल एनेकपा (माओवादी) को अगुवाइमा चीनबाट पेट्रोलियमलगायत अत्यावश्यक सामग्रीको आपूर्ति गर्नेबारेमा उच्च तहमा छलफल भएको छ ।
एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सक्रियातामा शुक्रबार यहाँ वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन, नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइ र चीनका लागि नेपाली राजदूत डा महेश मास्केबीच चिनियाँ नाकाबाट अत्यावश्यक सामग्री आपूर्ति गर्नेबारेमा विचारविमर्श भएको हो ।
“नेपाल–भारत सीमा नाकामा झन्डै एक महिनादेखि उत्पन्न असहज परिस्थितिका कारण कष्टकर बन्दै गएको देशको पछिल्लो अवस्थालाई दृष्टिगत गरी पूर्वउपप्रधानमन्त्री श्रेष्ठको अगुवाइमा औषधि, इन्धनलगायत अति आवश्यक वस्तुको ढुवानी र पारस्परिक विषयमा कुराकानी भएको हो, ”–उच्चस्तरीय छलफलबारे जानकारी दिँदै श्रेष्ठका सहयोगी सुसन कर्माचार्यले राससलाई बताउनुभयो ।
शुक्रबार नै चिनियाँ राजदूतसँगको छलफलपछि मन्त्री पुन र नेता श्रेष्ठले त्यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको उहाँले बताउनुभयो । चिनियाँ राजदूतसँग भएको छलफल र त्यसको निष्कर्षका सम्बन्धमा आफू अनभिज्ञ रहेको उहाँले बताउनुभयो ।
चिनियाँ र नेपाली अधिकारीका प्रयासमा भूकम्पसँगै गएको पहिराका कारण अवरुद्ध रसुवाको केरुङ नाका केही दिन अघि खोलिएको थियो । नाका खुलेकै दिन फेरि पहिराले बन्द भएको केरुङ मार्गलाई शीघ्र सञ्चालन गर्न दुवै मुलुकका सम्बद्ध कर्मचारी अहोरात्र खटेका छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget