Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मिनी ट्रकमा लुटपाट, चार जना पक्राउ

पर्सा, ६ कात्तिक । वीरगन्ज बाइपास सडकखण्डको ब्रह्मा चोकमा आज बेलुका एउटा मिनी ट्रकमा लोड गरिएको खाद्यान्न आन्दोलनकारीले लुटेका छन् । बन्द अवज्ञा गरी खाद्यान्न अन्यत्र पु¥याएको आरोप लगाउँदै ना४ख ४७७४ नम्बरको मिनी ट्रकमा लोड रहेको दैनिक उपभोग्य वस्तुलाई आन्दोलनकारीले लुटेको प्रहरीले जनाएको छ ।

चामल, दाल, नुनलगायतका खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु वीरगन्जबाट चितवनका लागि लैजाने तयारीमा राखिएकोे मिनी ट्रकलाई लुटपाट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मिनी ट्रकबाट खाद्यान्न लुटेको अभियोगमा चार जना व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

मिनी ट्रकबाट लुटपाट गरिएका केही वस्तु बरामद गरे पनि आघाभन्दा बढी खाद्यान्न हराइरहेको प्रहरीले बताएको छ । पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । घटनबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget