
कँडेललाई पेस्तोल ताक्ने भारत महाराजगन्ज ठुठीबारीका उज्वल सिंह र महाराजगन्ज राजाबारीका जोगेन्द्र पासवानलाई स्थानीयवासीको सहयोगमा पक्राउ गरिएको हो ।
आक्रमण गर्ने प्रयास गर्ने समूहमध्ये दुई जना फरार छन् । भारतीय एक समूहको टोलीबाट जिल्लाको बडहरादुबौलीया–३ स्थित ललितपुर गाउँमा स्थानीय सद्धिक कुजडाको घर अगाडि कँडेलमाथि आक्रमणको प्रयास भएको थियो ।
आफ्नो खेतीबारी हेर्न त्यहाँ पुग्नुभएका कँडेललाई दुई मोटरसाइकलमा आएका भारतीयमध्ये युपी ५३ ए ९८५६ नंको मोटरसाइकल चढी आएका सिंहले कँडेलमाथि पेस्तोल ताकी आक्रमणको प्रयास गरेको कँडेलले बताउनुभयो ।
प्रहरीले कँडेलमाथि आक्रमणको प्रयास गर्नेमध्येका दुई जनालाई छ राउन्ड गोली र पेस्तोलसहित नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताउनुभयो । उनीहरुका साथबाट केही लागु औषध नाइट्रोजन भ्याट ट्याबलेट पनि बरामद भएको छ ।
अभियुक्त सिंह कँडेलको नातेदारसमेत रहेको बुझिएको छ । कँडेलमाथि यसअघि सशस्त्र द्वन्द्वकालमा समेत काठमाडाँैमा आक्रमणको प्रयास भएको थियो ।
Post a Comment