Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

प्रधानमन्त्री कोइराला र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौँ, १७  असोज । प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि भारतका राजदूत रणजित रायले शनिवार अपराह्न भेटवार्ता गर्नुभयो ।

त्यस अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका साथै भारतबाट नेपालतर्फ आपूर्ति हुने पेट्रोलियम पदार्थलगायत अत्यावश्यक सामानको ढुवानीबारेमा छलफल भएको थियो ।

प्रधानमन्त्री कोइरालाले भारतबाट नियमित रुपमा हुनुपर्ने पेट्रोलियम पदार्थलगायत अत्यावश्यक सामानको आपूर्ति सहज बनाउन भारतको उच्चतम तहमा पहल गर्न राजदूत रायलाई अनुरोध गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताउनुभयो ।

भारतीय राजदूतले शुक्रबारदेखि केही नाकाबाट पेट्रोलियम पदार्थको आपूर्ति सहज भएको तथा आज बेलुका र भोलिसम्म थप केही नाकाको अवस्था पनि सहज हुने जानकारी गराउनुभएको श्री अधिकारीले बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget