Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

डम्पिङ साइट बन्द गर्ने निर्णय

बेलबारी, १६ असोज । शान्ति सामूदायिक बनले पथरीशनिश्चरे नगरपालिकालाई आफ्नो बन क्षेत्रमा फोहोर डम्पिङ गर्न नदिने भएको छ । वनले डम्पिङ साइट अब्यबस्थित हुँदा वन क्षेत्र नै दुर्घन्धित भएको भन्दै असोज १५ गतेबाट बनमा फोहोर फाल्न नदिने निर्णय गरेको हो ।
नगर क्षेत्रबाट उत्पादन हुने फोहोर मैला फाल्ने मात्रै काम भएको र त्यस क्षेत्र चारकोसे झाडी भित्र पर्ने भएको जनाउदै शान्ति सामुदायिक बन उपभोत्ता समिति पथरीशनिश्चरे–१ को गत आइतबार बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो ।
समितिका अध्यक्ष कुलबहादुर गुरुङले डम्पिङ साइटमा लगेर फालिएको फोहोर मैलामा आगो लगाउने काम भई रहेकाले गर्दा बिरुवा मर्ने रुख डढ्ने लगायत समस्या भएकोले यसलाई समाधान गर्न असोज १६ गतेबाट फोहोर बोकेर जाने गाडी डम्पिङ साइट प्रबेशमा रोक लगाउने निर्णय भएको बताउनु भयो ।
डम्पिङ साइडमा बर्तमान समयमा दैनिक शनिबार बाहेक ६ ट्याक्टर फोहोर मैला करिब २३ घन मिटर फोहोर मैला लगेर फाल्ने गरिएको छ ।
डम्पिङ साइट क्षेत्र जंगली जनावरको उद्गम स्थल नजिकै पथरी खोलाको मुहान रहेको र उक्त साइट खुल्ला हुँदा जंगली जनावर फालिएको खाने कुरा खान आउँदा सिकारीहरुले मार्ने जस्ता कामहरु भई रहेको समाचार यस अगाडि पनि सार्बजानिक भएको थियो । साबिक पथरी गाबिसका पूर्व अध्यक्ष तिलक बान्तावा राईले उक्त समुहको आफु सल्लाहकार समेत रहेकाले बिकल्प खोज्नको लागि नगरपालिकाको फोहोर बोक्ने ट्याक्टर रोक्ने निर्णय भएको बताउनु भयो । डम्पिङ साइट मात्रै होईन रिसाईकिलिङ सेन्टरको रुपमा बिकास गर्न दबाव दिने उदेश्यले ढाट कस्ने निर्णयमा आफुले निर्णयमा हस्ताक्षर गरेको बताउनु भयो ।
यस्तै पथरी उद्योग बाणिज्य संघका अध्यक्ष धनकुमार तामाङले नगरपालिका, राजनीतिक दल, स्थानीय संघ संस्था र नागरिकले यस समस्याको समाधान खोज्नु पर्ने बताउनु भयो । फोहोर मैला आफनै नगर क्षेत्रबाट उत्पादन हुने भएकोले सबैले पहल गर्नु पर्ने धारणा स्थानीयको छ ।
नेपाल बाताबरण संरक्षण समाज तथा फोहोर मैला ब्यबस्थापन संस्थाका पूर्ब अध्यक्ष किशोर राईले नगरपालिकाले डम्पिङ साइट अन्य ठाउँमा खोज्नु पर्ने बताउनु भयो । फोहोरलाई फोहोर ठाउँमा लगेर फाल्ने काम मात्रै गर्ने र ब्यवस्थापन नगरिए बिकाराल रुप आउन सक्ने बताउनु भयो ।
यदी फोहोर मैलालाई ब्यवस्थापन गर्न सकिएमा थोरै जमिन भए पुग्ने बताउदै फोहोरलाई ब्यवस्थापन गर्नु मुख्य काम गर्नु पर्ने बताउदै यसको लागि नगरपालिकाले एक स्थाई समिति निर्माण गरि समस्याको समाधान खोज्न सकिने बताउनु भयो ।
यस्तै नेपाली कांग्रेस पार्टीका पथरी सभापति रुपनारायण भट्टराईले सिंगो समाजमा नै यस समस्याको समाधान खोजिनु पर्ने बताउनु भयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget