Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

प्रधानमन्त्री बन्न नदिन भएका घुमाउरा कोसिस असफल हुनेः ओली

बनेपा,१७असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्न नदिन घुमाउरोपाराले कोसिस भइरहेको जिकिर गर्नुभएको छ ।

नेकपा (एमाले) जिल्ला कमिटी काभ्रेले शनिवार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँले त्यस्ता कोसिसहरु असफल हुने बताउनुभयो । अध्यक्ष ओली हालको सरकार गठन प्रक्रियामा प्रधानमन्त्रीका उम्मेदवार मानिनु हुन्छ ।

उहाँले राष्ट्रियता कमजोर बनाउन राजनीतिक खेल भइरहेको उल्लेख गर्दै संविधान बनेपछि पनि खुसीयाली मनाउन नपाउनु चिन्ताको विषय हा,े भन्नुभयो ।

अध्यक्ष ओलीले नेकपा (एमाले)को अगुवाइका कारण संविधान निर्माण भएको जिकिर गर्दै सङ्घीयताको सीमाङ्कनमा समस्या भए सङ्घीय आयोगमार्फत टुङ्गो लगाउन सकिन्छ भन्नुभयो ।

यसैबीच, आज बनेपामा नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको भारतीय नाकाबन्दीविरुद्धको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनमा हस्तक्षेप गरी विद्यार्थी सङ्गठनका तीन जना केन्द्रीय सदस्यसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएर बेलुकीपख रिहा गरेको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget