अब आर्थिक विकासबाट नै गरिबी निवारण हुने अर्थमन्त्रीले बताउनु भयो ।

अर्थमन्त्रीले नेपालमा संविधान निर्माणको कार्य पूरा भएकोले अब आर्थिक विकास नै प्रमुख यात्रा भएको बताउनु भयो । अर्थमन्त्रीले नयाँ संविधान निर्माणसँगै नव नेपालको यात्रा पनि शुभारम्भ भएकोमा जोड दिनुभयो ।
असन्तुष्ट भएकाहरुलाई वार्ताको माध्यमबाट सहमति ल्याइने अर्थमन्त्रीले बताउनु भयो । कार्यक्रममा संस्थानका विभिन्न संकायका पिएचडी तथा स्नातक विद्यार्थीलाई प्रमाण पत्र उपलब्ध गराइएको थियो ।
कार्यक्रममा संस्थानका कुलपति बसन्तराज भण्डारीले विद्यार्थीलाई बधाई दिनु भएको थियो । संस्थान आधुनिक शिक्षाका साथै आध्यात्मिक भावना जागृत गराउन सक्रिय भएको पनि बताउनु भयो ।
आइतबार नै विराटनगरका पत्रकारहरुसँगको कुराकानीमा अर्थमन्त्री महतले चिनको नाका तत्कालै खोल्ने अवस्था नरहेको बताउँदै भन्नुभयो,‘भौगोलिक अवस्था जटिल भएका कारण पनि चीनको नाका खोलिहाल्ने अवस्था छैन । समय लाग्छ ।’ महतले नाकामा नारावजी गरेर जनता भोकभोकै पर्ने गरी आन्दोलन नगर्न बरु वार्तामा आएर समस्याको निकास खोज्न आन्दोलनरत पक्षसँग आग्रह गर्नुभयो ।
Post a Comment