
सभामुख अोनसरी घर्तीले विद्याको विजयको संसदमा घोषणा गरिन् । उनले नेपाली कांग्रेसका पूराना नेता कुलबहादुर गुरुङलाई पराजित गरेका हुन् । गुरुङले २१४ मत पाएका छन् । राष्ट्रपति निर्वाचनको नतिजा संसद बैठकमा सभामुख घर्तीले घोषणा गरेकी हुन् । हाल संसदमा कायम ५९७ सदस्य मध्ये ५४९ मत खसेको थियो । खसेको ५४९ मते ५४१ मद सदर र ८ मत बदर भएको छ । सत्तारुढ एमाले, एमाओवादी, राप्रपा नेपाल, राप्रपा, माले, फोरम लोकतान्त्रिक लगायातका दलको सहयोग विद्यालाई थियो ।
संसदमा कायम सदस्य संख्याको बुहमत ल्याउने राष्ट्रपतिमा निर्वाचित हुने संवैधानिक प्रावधान छ ।आन्दोलरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलहरुले राष्ट्रपति निर्वाचन बहिष्कार गरेका थिए ।
Post a Comment