
पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–१ बस्ने ३५ वर्षीय पदमबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्कीले ओखलढुङ्गा फुलवाडी गाविस–९ घर भई हाल बर्दिबासको एक होटलमा काम गर्दै आएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताउनुभयो ।
बालिकालाई मङ्गलबार साँझ बर्दिबास–१ स्थित साझा संस्थानको खाली जग्गामा जबर्जस्ती लगी बलात्कार गरेको थियो । बलात्कारको आरोपमा पक्राउ परेका कार्कीलाई प्रहरीले हिरासतमा राखी अनुसन्धान अगाडि बढाइसकेको जनाएको छ ।
Post a Comment