Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

राष्ट्रपति विद्यादेवी भण्डारीको नालीबेली

bidhyadevi-bhandari

नाम: विद्यादेवी भण्डारी

ड्ड जन्म मिति: सोमबार ०५ असार २०१८

ड्ड जन्मस्थान: मानेभन्ज्याङ –२, भोजपुर, नेपाल ।

पारिवारिक अवस्था  ड्ड हजुरबा: स्व. तिलकबहादुर पाण्डे ।

ड्ड हजुरआमा: स्व. भीमकुमारी पाण्डे ।

ड्ड माता: मिथिला पाण्डे । ड्ड पिता: स्व. रामबहादुर पाण्डे ।

दाजुभाइ र दिदीबहिनीहरु तेजेन्द्र पाण्डे टेकेन्द्र पाण्डे डेगेन्द्र पाण्डे बहिनी: सुशीला पाण्डे ।

विवाह: २४ साउन २०३९ सालमा । १. श्रीमान: स्व. मदनकुमार भण्डारी ।

२. छोरीहरु: उषाकिरण भण्डारी तथा ज्वाइँ उमेश थापा । डा. निशाकुसुम भण्डारी ।

३. दाजुभाइ तथा दिदी/बहिनीहरु क्रमशः मनोज भण्डारी तथा कमला भण्डारी । मोहन भण्डारी तथा लक्ष्मी भण्डारी । प्रेम भण्डारी तथा शारदा भण्डारी । डा. कैलाश भण्डारी तथा कल्पना भण्डारी । बहिनीहरु: शारदा निरौला, इन्दु बराल, शान्ता पोखरेल, राधा निरौला, स्व. गीता लामिछाने ।

निवास: नयाँ बानेश्वर– १०, काठमाण्डु, नेपाल ।

१. नागरिकता नम्बर: ३७६८÷११८४ २. राहदानी नम्बर: ४२२९३१० ।

शिक्षा  बाल्यकालीन शिक्षा: बेहेरेश्वर प्राथमिक विद्यालय, भोजपुर ।

माध्यमिक शिक्षा: विद्योदय व्यावसायिक सेकेन्डरी स्कुल ।

उच्चशिक्षा भोजपुर क्याम्पस, भोजपुरबाट आई. ए. उत्तीर्ण ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा बि.ए. अध्ययन भाषा: नेपाली, हिन्दी र अंगे्रजी ।

भ्रमण: स्वदेश तथा विदेशमा— भारत, चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका, ब्राजिल, अमेरिका, क्यानाडा, इटाली, थाइल्यान्ड ।

राजनीतिक दल  ड्ड नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) वर्तमान जिम्मेवारी हाल प्रतिनिधि सभा सदस्य, (संविधानसभा सदस्यका रूपमा नेतृत्वदायी भूमिका) उपाध्यक्ष, नेकपा (एमाले) (२०७१ असार १९–२५ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट) अध्यक्ष, अखिल नेपाल महिला संघ, नेकपा (एमाले) ।

अध्यक्ष, मदन भण्डारी फाउन्डेसन ।

उपाध्यक्ष, नेपाल अफ्रो एसियाली जनएकता संघ (आप्सो) ।

राजनीतिक यात्रा  २०३५ मा भोजपुर क्याम्पसबाट तत्ककलीन नेकपा (माले) सम्बद्ध युवा लिगबाट संगठित राजनीतिक यात्रा आरम्भ ।

२०३७ मा काठमाडौंमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (पाँचौँ) को राष्ट्रिय सम्मेलन प्रतिनिधि ।

२०३७ मा तत्कालीन नेकपा (माले) को पार्टी सदस्यता प्राप्त ।

२०३६ देखि २०४४ सम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पूर्वाञ्चल सदस्य ।

२०३९—०४० सालमा महेन्द्र मोरड क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित ।

२०४६ मा कीर्तिपुरमा भएको अखिल नेपाल महिला संघको पहिलो सम्मेलनमा मोरङबाट प्रतिनिधि ।

२०५० देखि २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ जिफन्टको महिला विभाग प्रमुख ।

२०५४ मा नेपालगञ्जमा भएको नेकपा (एमाले) को छैठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित ।

२०५५ पुसमा विराटनगरमा भएको अखिल नेपाल महिला संघको चौथो अधिवेशनबाट अध्यक्षमा निर्वाचित ।

त्यसपछि क्रमशः ०६२ मंसीर काठमाडौंमा भएको पाँचौँ अधिवेशन र ०६९ वैशाख पोखरामा भएको छैठौं अधिवेशनबाट समेत अध्यक्षमा निर्वाचित भई हालसम्म ।

२०५९ मा नेकपा (एमाले) को सातौं महाधिवेशन जनकपुरबाट पुनः केन्द्रीय कमिटी सदस्यमा निर्वाचित । २०६४ सालमा बुटवलमा भएको नेकपा (एमाले) को आठौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित ।

२०७१ सालमा काठमाडौंमा भएको नेकपा (एमाले) को नवौं महाधिवेशनबाट पुनः उपाध्यक्षमा निर्वाचित । २०६०/०६२ सालमा दुईपटक अन्तरपार्टी महिला संयुक्त संघर्ष समिति (जोइन्ट वुमन स्ट्रगल कमिटी) को संयोजकको जिम्मेवारी ।

२०६२ पुसबाट हालसम्म नेपाल अफ्रो एसियाली जनएकता संगठनको (आप्सो) उपाध्यक्षमा निर्वाचित । राजकीय जिम्मेवारी  

 

२०५० सालको उपनिर्वाचनमा र २०५१ सालको मध्यावधि निर्वाचनमा समेत काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ।

२०५४ सालमा नेपाल सरकारको जनसंख्या तथा वातावरण मन्त्रीका रुपमा जिम्मेवारी बहन ।

२०५६ मा काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ।  २०६७ बाट २०६९ सम्म नेपाल सरकारको रक्षा मन्त्रीका रुपमा कार्य सम्पादन ।

जेल जीवन ड्ड २०६१÷०६२ को जनआन्दोलनताका प्रहरीद्वारा ‘हाउस एरेस्ट’ तथा हिरासत ।

रुचि — महिला, उत्पीडित जनता तथा सीमान्तीकृत समुदायको हितमा कार्यरत रहने । —

समाजको आमूल परिवर्तनको अभियानमा लागिरहने । — गीत, संगीत तथा साहित्यिक लेखनमा विशेष ।

सम्पर्क सूत्र निवास मध्यबानेश्वर— १०, काठमाण्डु ।

फोन: ०१ — ४४८४३२२ इमेल: bidyadevi@icloud.com
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget