
घोषित नयाँ संविधानको विषयलाई लिएर भारतले केही दिनदेखि अघोषित रुपमा लगाएको नाकाबन्दी नेपाललाई हस्तक्षेप गर्ने नीति अनुसार आएको भन्दै युवाहरूले कडा विरोध गरेका हुन्।
पथरीशनिश्चरे राष्ट्रप्रेमी युवा समूहको आयोजनामा भएको कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका, हसन्दह, जाँते, अमरदह लगायतका युवाहरू नेपाली झण्डा र कालो फेटा बाँधेर बस रिजर्व गरेर पथरी बजारमा आएका थिए।
र्यालीमा पथरीका उद्योगी ब्यबसायी, विद्यार्थी, शिक्षक, सञ्चारकर्मी लगायतको वृहत् सहभागिता रहेको थियो।
भारतीय हस्तक्षेप मुर्दावाद, स्वाभीमानी नेपाली जिन्दावाद, भारतीय नाकाबन्दी अपराध हो, मोदी सरकार मुर्दाबाद लगायतको नारा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला लिएर बजार परिक्रमा गरेका थिए।
वक्ताहरूले भारतलाई असल छिमेकीको रूप हेरिरहेको तर, भारतले भने बिभिन्न बाहानामा घोषित अधोषित रूपमा पटक पटक नाकावन्दी लगाएर दुःख दिनु उचित नभएको र त्यो कार्य अपराधपूर्ण भएको बताएका छन्।
बक्ताहरूले भारतले चीनसँग लिपुलेक सम्झौता, महाकालीको कालापानीदेखि मेचीको पशुपतिनगरसम्म सीमाना मिचेकोमा समेत विरोध जनाएका थिए।
भारतले नेपालमा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा हस्तक्षेपको नीति निरन्तर अघि सारिरहेको आरोप लगाउदै नेपालमा राजाको अन्त्यपछि नेपाली राजनीतिक दलहरूलाई असफल बनाएर अन्तमा नेपाली सेनालाई असफल गराउने नीतिमा रहेको आरोप लगाएका थिए।
सेनालाई असफल गराएपछि नेपालमा भारतीय सेना प्रवेश गराउने नीतिको साथ अघि बढेको आरोप लगाउँदै नेपाली जनता राष्ट्रियताको बारेमा सचेत रहनुपर्ने बताए।
नेपालका राजनीतिक दलका नेताहरू र व्यपारीहरूमा समेत सुधारमा आउनुपर्ने बक्ताहरूको भनाइ थियो।
परिक्रमापछि पथरीको लोकतान्त्तिक चौकमा आएर कोणसभामा परिणत भएको थियो।
कोणसभामा पथरी उद्योण वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ, स्थानीय युवा कमल हाङबाङ, सुरेन्द्र चापागाई, सञ्चारकर्मी अर्जुनकुमार राई र पथरीशनिश्चरे नगरपालिकाको कर्मचारी देवि प्रसाई लगायतले आफ्ना कुरा राखेका थिए।
Post a Comment