Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मधेशमा भ्रम छर्ने काम भयो : गगन थापा

विराटनगर ,असोज १५। । नेपाली काँग्रेसका युवा नेता गगन थापाले संविधानमा प्राप्त उपलब्धिलाई पनि दिइएको छैन भनेर मधेशमा भ्रम छर्ने काम भएको बताउनुभयो । । उहाँले नागरिकतासहित विविध विषयलाई संविधानले समेटे पनि आन्दोलनका क्रममा तराई मधेशमा केही पनि नपाइएको भनेर प्रचार गरिएको बताउनुभयो । । मधेश आन्दोलनका क्रममा राज्यबाट भएका दमनले गम्भीर रुपमा मानव अधिकार उलङ्घन भएको बताउँदै उहाँले यस्ता कतिपय विषयको निष्पक्ष छानबिन हुनुपर्ने  बताउनुभयो । नेपाल प्रेस युनियन मोरङद्वारा विहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा थापाले टिकापुर र महोत्तरीमा सुरक्षाकर्मीमाथि भएको आक्रमण बर्बर भएको बताउँदै भने,‘यो आन्दोलन भन्दा पनि आतंक थियो ।’  आन्दोलनका क्रममा कतिपय क्षेत्रमा सुरक्षाकर्मीको गोली लागेर निहत्था र सर्वसाधरणको पनि मृत्यु हुनुले सुरक्षा समयन्त्रको कमजोरी देखिएको थापाले  बताउनुभयो । उहाँले भन्नुभयो,‘राज्य तहबाट पनि कमजोरी भएको हामीले भुल्न हुन्न ।’  थापाले जारी आन्दोलन र माग सम्बोधन वार्ताबाहेक अरु कुनै माध्यमबाट हुन नसक्ने बताउँदै संविधानमा प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्न पनि वार्ता हुनुपर्ने बताउनुभयो । थापाले भन्नुभयो,‘म आफै मधेशमा घुम्दा प्राप्त भएका अधिकारको विषयमा पनि अफवाह फैलाएको पाए तर नागरिकतासहित धेरै विषय त संविधानले नै समेटेको छ ।’ थापाले अहिले भारतले गरेको नाकाबन्दीले दुई देशबीचको सम्बन्धमा चिसोपना आउने भएकोले सम्बन्ध सुधार गर्न दुबै देश जिम्मेवार बन्नु पर्ने सुझाव बताउनुभयो । भारतले सुक्ष्म रुपमा कतिपय विषयमा आफ्नो भूमिका खोजेकोले पनि सम्बन्ध चिसिएको बताउँदा नेता थापाले मधेशका पूरा हुन बाँकी रहेका माग र सीमाङ्कनको विषयमा गम्भीर छलफल हुनुपर्ने बताउनुभयो । उहाँले भने,‘राज्यको विषय त संघीय आयोगले छिनोफानो गर्छ ।’
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget