Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

विधेयक माथिको दफावार छलफल समाप्त

काठमाडौँ, १३ असोज । व्यवस्थापिका–संसद्, महिला बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिको आजको बैठक समितिका सभापति रन्जुकुमारी झाको सभापतित्वमा सिंहदरबारमा बस्यो ।

आजको बैठकको प्रारम्भमा व्यवस्थापिका–संसद्मा पेस भएको दफावार छलफलको लागि समितिमा प्राप्त हुन आएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७१ का सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले विधेयक तर्जुमा गर्दाको सैद्धान्तिक अवधारणा र विधेयकले ऐनको रुप ग्रहण गरेपछि प्राप्त हुने प्रतिफललगायत अन्य सान्दर्भिक विषयमा बैठकलाई जानकारी गराउनुभयो ।

दफावार छलफल समाप्त भएपछि सो विधेयकलाई अन्तिम रुप दिन समितिका सभापति झाको संयोजकत्वमा अनुराधा थापामगर, जीवन परियार, धनिराम पौडेल र रामहरि सुवेदी सदस्य रहनुभएको एक उपसमिति गठन गर्ने निर्णय भयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget