Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सिरहामा अझै हटेन निषेधाज्ञा

लहान, १ कात्तिक । सङ्घीयता र संविधानको विरोध गर्दै मधेसी मोर्चाद्वारा गरिएको आन्दोलनमा तोडफोड र आगजनी हुन थालेपछि स्थानीय प्रशासनले गत भदौ २४ गते मध्याह्नदेखि सिरहाको पूर्व पश्चिम सडकको पाँच सय मिटर दायाँबायाँ क्षेत्रमा लगाएको निषेधाज्ञा अझै हटाएको छैन ।

चाडपर्व लागेपछि स्थानीय हाटबजारमा मानिसको चहलपहल बढेको र मोर्चाको आन्दोलनसमेत अघोषित रुपले बन्द भइसकेको सन्दर्भमा स्थानीय प्रशासनले निषेधाज्ञा फिर्ता नलिँदा सर्वसाधारणले अप्ठ्यारो महसुस गरिरहेका छन् । दलित अधिकारकर्मी तथा दलित जनकल्याण युवा क्लबका अध्यक्ष विनोद विसुन्केले चाडवाडको समयमा द्वन्द्वकालमा समेत विद्रोही पक्षले केही समयका लागि भए पनि युद्धविराम गरेको स्मरण गराउँदै अधिकारका लागि भएको आन्दोलनको क्रममा हुन सक्ने तोडफोड रोक्न स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा चाडपर्व अवधिका लागि भए पनि हटाउनुपर्ने माग गर्नुभयो ।

चाडपर्वको समयमा आन्दोलनरत मधेसी मोर्चाले बन्द केही खुकुलो बनाए पनि यातायात बन्द यथावत् राखेकाले स्थानीय प्रशासनले राति ९ बजेदेखि बिहान ५ बजेसम्म पूर्व पश्चिम राजमार्गको दायाँबायाँ पाँच सय मिटर क्षेत्रमा निषेधाज्ञा कायमै राखेको हुनसक्ने बताइएको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकले प्राविधिक कारणले जिल्ला सुरक्षा समितिको बैठक बस्न नसकेको जानकारी दिँदै सम्भवतः सोमबार समितिको बैठक बसेर निषेधाज्ञाको समीक्षा गरी हटाउन सकिने बताउनुभयो ।

मोर्चाका कार्यकर्ताले भदौ २३ गते दिउँसो लहानस्थित ट्राफिक प्रहरी कार्यालयअगाडि रहेको रूख काटेर सडकमा तेस्र्याउन खोज्दा प्रहरीले रोकेपछि दोहोरो झडप भएको थियो । त्यसको भोलिपल्ट आन्दोलनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका कागजात, कम्प्युटर, कार्यालय परिसरमा राखिएका मोटरसाइकल जलाएपछि स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि पूर्व पश्चिम सडकको दायाँबायाँ निषेधित क्षेत्र घोषणा गरेको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget