Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

ढुवानी गर्न नसक्दा केरा बारीमै कुहिन थाल्यो

पथरी (मोरङ), २९ असोज । मोरङमा व्यावसायिक रुपमा केराखेती गर्दै आएका कृषकको बारीमा उत्पादन भएको केरा बारीमै कुहिन थालेको छ ।

संयुक्त मधेसी मोर्चाले आह्वान गरेको दुई महिनादेखिको लगातारको बन्द र पेट्रोलियम पदार्थ अभावले उत्पादित केरा बजारसम्म पु¥याउन नसक्दा बारीमै कुहिन थालेको मोरङको लोचनीका केरा कृषक बताउँछन् ।

केरा कृषक प्रभुनाथ पोख्रेलका अनुसार नेपालीहरुको महान् पर्व बडादसँैको चहलपहल सुरु भए पनि बजारमा बिक्रीका लागि लानुपर्ने केरा ढुवानी गर्न नसक्दा खेतमै कुहिन थालेको हो ।

केराको उत्पादन हुने समय र अर्कोतर्फ चाडपर्वको समयमा केराबाट राम्रो प्रतिफल लिने समयमा बन्द र तेल अभावले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको केरा कृषक कुमार पोख्रेलको गुनासो छ ।

पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका अनुसार मोरङको लोचनी, केराबारी गछियालगायतका स्थानमा व्यावसायिक रुपमा केराखेती हुँदै आएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget