Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

तीन प्रहरी र पाँच प्रदर्शनकारी घाइते

बर्दिया, १३ असोज । बर्दियाको मैनापोखरमा आन्दोलनरत थरुहट कार्यकर्ता र प्रहरीबीच आज दिउँसो भएको झडपमा तीन प्रहरी र पाँच जना प्रदर्शनकारी घाइते भएका छन् ।

प्रदर्शनकारीले सडक अवरुद्ध गरेपछि सडक खुलाउन सदरमुकामबाट प्रहरी उपरीक्षकको नेतृत्वमा गएको टोलीमाथि ढुङ्गामुढा भएपछि झडप भएको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले जानकारी दिनुभयो ।

प्रदर्शनकारीले प्रहरीको भ्यानलाई रोकेर एक्कासि ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले लाठी चार्ज गर्नुका साथै आठ सेल अश्रुग्यास प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी कुँवरले बताउनुभयो ।

प्रर्दशनकारीको ढुङ्गा लागेर सशस्त्र प्रहरीका हवल्दार नरजंग रोका, नेपाल प्रहरीका हवल्दार तीर्थराज गिरी र प्रहरी जवान गीता चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीतर्फ कति घाइते भए भन्ने प्रहरीले यकिन नगरे पनि थरुहटका जिल्ला नेताले भने दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएको दाबी गरेका छन् । प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका पाँच जना कार्यकर्तालाई उपचारका लागि नेपालगन्ज पठाइएको थरुहटका युवा नेता बिरु चौधरीले जानकारी दिनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget