आश्विन १३ , बुधबार । मोरङको पथरीशनिश्चरेका युवाहरूको सक्रियतामा बुधबार बृहत् र्याली तथा कोणसभाको आयोजना गरी भारतीय हस्तक्षेपको नीतिको विरोध गरेको छ ।

घोषित नया“ संविधानको विषयलाई लिएर भारतले केही दिनदेखि अघोषित रुपमा लगाएको नाकाबन्दी नेपाललाई हस्तक्षेप गर्ने नीति अनुसार आएको भन्दै युवाहरूले कडा विरोध गरेको हो । पथरीशनिश्चरे राष्ट्रप्रेमी युवा समूहको आयोजनामा भएको कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका, हसन्दह जा“ते, अमरदह लगायतका युवाहरू नेपाली झण्डा र कालो फेटा बा“धेर बस रिजर्व गरेर पथरी बजारमा आएका थिए । र्यालीको समयहुनु अघिनै पथरीका उद्योगी ब्यबसायी, विद्यार्थी, शिक्षक, सञ्चारकर्मी लगायतको वृहत् सहसभागिता रहेको थियो ।
भारतीय हस्तक्षेप मुर्दाबाद, स्वाभीमानी नेपाली जिन्दावाद, भारतीय नाकाबन्दी अपराध हो, मोदी सरकार मुर्दाबाद लगायतको नारा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला लिएर बजार परिक्रमा गरेका थिए ।
बक्ताहरूले भारतलाई असल छिमेकीको रूप हेरिरहेको तर, भारतले भने बिभिन्न बाहानामा घोषित अधोषित रूपमा पटक पटक नाकावन्दी लगाएर दुःख दिनु उचित नभएको र त्यो कार्य अपराधपूर्ण भएको बताएका छन् । बक्ताहरूले भारतले चीनसंग लिपुलेक सम्झौता, महाकालीको कालापानीदेखि मेचीको पशुपतिनगरसम्म सीमाना मिचेकोमा समेत विरोध जनाएका थिए । भारतले नेपालमा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा हस्तक्षेपको नीति निरन्तर अघि सारिरहेको आरोप लगाउदै नेपालमा राजाको अन्त्यपछि नेपाली राजनीतिक दलहरूलाई असफल बनाएर अन्तमा नेपाली सेनालाई असफल गराउने नीतिमा रहेको आरोप लगाएका थिए । सेनालाई असफल गराएपछि नेपालमा भारतीय सेना प्रवेश गराउने नीतिको साथ अघि बढेको आरोप लगाउदै नेपाली जनता राष्ट्रियताको बारेमा सचेत रहनुपर्ने बताए । नेपालका राजनीतिक दलका नेताहरू र व्यपारीहरूमा समेत सुधारमा आउनुपर्ने बक्ताहरूको भनाइ थियो । भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गर्ने कार्यक्रममा आक्रोसित बृद्धहरूले चप्पल र लाठिले प्रहार गरेका थिए ।
परिक्रमापछि पथरीको लोकतान्त्तिक चौकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा पथरी उद्योण वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ्ग, स्थानीय युवा कमल हाङबाङ्ग, सुरेन्द्र चापागाई, सञ्चारकर्मी अर्जुनकुमार राई र पथरीशनिश्चरे नगरपालिकाको कर्मचारी देवि प्रसाई लगायतले आफ्ना कुरा राखेका थिए । पथरीशनिश्चरेका युवाहरु रोशन हाङबाङ, सागर राई, राजु श्रेष्ठ, विजय डांगी, संजिव गिरी लगायतका युवाहरुको सक्रियतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
Post a Comment