Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

स्थानीय उत्पादनका कारण बजार मूल्य सामान्य

काठमाडौँ, १८ भदौ । देशका विभिन्न भागमा भएका बन्द तथा हडतालले बाहिरबाट आउने फलफूल तथा तरकारी ढुवानीमा केही समस्या देखिए पनि काठमाडौँ उपत्यका आसपासबाट भने सहज रुपमा तरकारी तथा फलफूल आउने गरेको छ ।

काठमाडौँका छिमेकी जिल्लाबाहेक अन्य विभिन्न भागबाट आउने खाद्यान्न यसअघिभन्दा केही महङ्गो भए पनि तरकारी तथा फलफूलको मूल्य सामान्य अवस्थामै रहेको व्यवसायी बताउँछन् ।

पछिल्लो समयमा काठमाडौँ, ललितपुर तथा भक्तपुरका साथै धादिङ, काभ्रे, मकवानपुरलगायत स्थानबाट तरकारीजन्य वस्तु पर्याप्तमात्रामा आउने गरेका कारण काठमाडौँको तरकारी मूल्य सामान्य अवस्थामा रहेको तरकारी फलफूल थोक बजार व्यवसायी संस्था, कालिमाटीका अध्यक्ष भरत खतिवडाले जानकारी गराउनुभयो ।

केही दिनअघिसम्म तरकारीको मूल्य केही बढेको भए पनि दुई÷तीन दिनयता मूल्य क्रमशः घट्दो क्रममा रहेको उहाँले बताउनुभयो ।

तरकारी तथा खाद्यान्नको मूल्यमा केही दिनअघिसम्म बढ्दो क्रममा देखिए पनि फलफूलको मूल्य भने सामान्य अवस्थामै रहेको नेपाल फलफूल थोक व्यवसायी सङ्घ, कुलेश्वरका कोषाध्यक्ष काशीराम सापकोटाको भनाइ छ ।

हाल बजारमा स्याउ पाउने मौसम भएको जानकारी गराउँदै उहाँले काठमाडौँको बजारमा जुम्ला, मार्फालगायतका स्थानबाट स्याउ भित्रिएको बताउनुभयो ।

सापकोटाका अनुसार स्वदेशका साथै मित्रराष्ट्र चीन तथा भारतबाट पनि काठमाडौँको बजारमा स्याउको आयात हुने गरेको छ ।

देशका विभिन्न भागमा भएका बन्द तथा हडतालले फलफूल ढुवानीमा केही समस्या देखिएको बताउँदै उहाँले फलफूल आफँैमा अत्यन्त संवेदनशील वस्तु भएकाले यसको ढुवानीलाई अन्य दाल, चामललगायतका वस्तुको ढुवानीसँग जोडेर हेर्न नमिल्ने बताउनुभयो ।

“फलफूल जतिसक्दो चाँडो व्यापार गर्नुपर्ने वस्तु भएकाले यसको ढुवानी व्यवस्थालाई सरकारले सहज बनाउनुपर्छ,”– सापकोटाले भन्नुभयो । काठमाडौँ बाहिरबाट यसअघि अधिकतम दुई दिनभित्रमा आइपुग्ने फलफूल केही दिनयता चार÷पाँच दिनको अन्तरालमा आउने गरेको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget