Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

अपहरणमा परेकाको खोजीको क्रममा एक सैनिकको मृत्यु

बग्दाद, १८ भदौ । अपहरणमा परेका १८ जना टर्कीज कामदारको खोजी गर्ने क्रममा सुरक्षाबल र बन्दुकधारीबीच भएको झडपमा एक इराकी सैनिकको मृत्यु भएको समाचार छ । सैनिक स्रोतले शुक्रबार सो जानकारी दिएको छ ।

उत्तरी बग्दादमा अवस्थित सदर सहरमा ‘फुटबल स्टेडियम’ परियोजना अन्तरर्गत निर्माधिन काममा कार्यरत ती कामदारहरु सोही सहरबाट अपहरणमा परेका थिए ।

इस्लामिक स्टेट जिहादी समूहले उत्तरी इराकमा गत १८ महिनाभित्र दर्जनाँै टर्कीजको अपहरण गरेका छन । तर अपहरणमा परेका ती व्यक्तिहरुलाई मुक्त पनि गरिएको बताइएको छ ।

तर पछिल्लो पटक १८ टर्कीज अपहरणमा परेका इराकको सदर सहर सिया अर्धसैनिक बलको बलियो प्रभाव रहेको जनाइएको छ ।

टर्कीका प्रायः सुन्नी विद्रोही बल सिरियाली राष्ट्रपति बसार अल असादको शासन सत्ता फ्याक्नको लागि लडाई गरिरहेका छन ।

यद्यपि इराकी सिया बलले भने बसार अल असादको शासनको पक्षमा रहेका छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget