Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

संघिय समाजवादी फोरम वार्तामा वस्न तयार

विराटनगर,भदौ १९ शनिवार ।  संघिय समाजवादी फोरमका नेता एंव पुर्व गृह राज्यमन्त्री रिजवान अन्सारीले , विगतमा भएको सहमती सम्झौता कार्यान्वयन भए आफुहरु जुनसुकै वेला वार्तामा वस्न तयार रहेको बताउनु भएको छ ।
संघिय समाजवादी फोरम मोरंङको आयोजनामा विराटनगरमा भएको पत्रकार सम्मेलनमा वोल्दै नेता अन्सारीले मधेश आन्दोलन , जानजाती आन्दोलनमा भएको सहमती सम्झौता कार्यान्वयन गरेर संविधान निमार्ण प्रक्रियालाइ स्थगितगर्ने हो भने आफुहरु वार्ताका लागी तयार रहेको प्रष्ट पार्नुभयो ।
सम्झौता गर्दै जाने र कार्यान्वय नगर्ने हो भने वार्तामा वस्नुको अर्थ नरहेको उहाको भनाइ थियो ।
उहाले, आफुहरुको आन्दोलन कुनै जाति विशेष नभइ नेपाली जनताको अधिकारका लागी भएकाले अधिकार प्राप्ति नभएसम्म आन्दोलन नरोकिने बताउनुभयो ।
उहाले राष्ट्र र राष्ट्रियताप्रती आफुहरु गंभिर रहेकाले मुलुकको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको विरुद्धमा आन्दोलन नजाने बताउनुभयो ।
नेता अन्सारीले, मुख्य तिनदलका नेताहरुले पुर्व राजा ज्ञानेन्द्र शाह जस्तो निरंकुस सैली अपनाएर आन्दोलनलाइ दमन गर्ने प्रवृतिले वार्ताको वातवरण वन्न नसक्ने बताउनुभयो । एका तिर वार्तामा वोलाउने अर्कोतिर नेपाली सेनालाइ सडकमा उर्ताने सरकारको रवैयाले वार्ताको वातावरण नवन्ने उहाको भनाइ थियो ।
उहाले मुख्यचार दलका केही नेताका कारण मुलुक गंभिर मुठभेडतर्फ उन्मुख भएकाले यहि अवस्था रहि रहे मुलुक गृहयुद्धमा फस्ने चेतावनी दिनुभयो ।
उहाले आफुहरुको आन्दोलन वाहुन क्षेत्रीका विरुद्धमा नभइ नेपाली जनताको अधिकारका लागी भएकाले अधिकार प्राप्ती नभए सम्म आन्दोलन नरोकिने बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget