Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पैंसा तिरेर पनि किसानले बाख्रा किन्न पाएनन्

काठमाडौँ, १७ भदौ । चित्लाङ्ग बाख्रा विकास फार्मले पैंसा तिरेर पनि बाख्रा खरिद गर्ने चाहना पूरा नगरेपछि अन्ततः किसान रित्तै हात घर फर्कने गरेका छन् ।

उक्त विकास फार्म नेपालको पुरानो हो । मकवानपुरको चित्लाङ गाविस– ७ मा अवस्थित उक्त बाख्रा विकास फार्म नेपाल सरकार, कृषि विकास मन्त्रालयले सञ्चालनमा ल्याएको हो । सो फार्मले किसानलाई सशुल्क बाख्रा बिक्री गर्न नसकेपछि किसान रित्तै हात घरफर्कन बाध्य भएका हुन् ।

उक्त बाख्रा फार्मले प्रजनन योग्य बाख्रा प्रतिकिलो रु १८५, बोका रु २००, प्रजनन कार्यमा अयोग्य बाख्रा रु एक सय र बोका रु १५० मा बिक्री गर्ने गर्दछ ।

बाख्राको उत्पादन बढाउन नसकिएकाले कहिलेकाहीँ किसानलाई रित्तै हात घर फर्काउनुपर्दा अप्ठेरो महसुस भएको छ भन्नुहुन्छ – बाख्रा विकास फार्ममा चितलाङका प्रमुख मेघराज ढकाल ।

किसानले फार्मबाट धेरै बाख्रा खरिद गर्न भने चाहेका होइनन् । उन्नत जातको एउटा बाख्रा त्यसमा पनि सशुल्क खोजेका हुन् । एउटा बीउको बाख्राबाट धेरै उत्पादन गरी कालान्तरमा यसैबाट जीवन निर्वाह गर्न चाहने वर्गका लागि सो कार्य हुन नसकेको हो ।

चित्लाङमा सरकारले उन्नत जातका भेडा सशुल्क वितरण गर्छ भन्ने जानकारी किसानलाई विसं २००१ सालबाट थाहा थियो । तर किसानको आवश्यकता भेडाभन्दा बाख्रातर्फ आकर्षित हुन थालेपछि सरकारले सो फार्मबाट २०४३÷४४ बाट वर्णशङ्कर (उन्नत) जातका बाख्रा उत्पादन कार्य र किसानलाई वितरण गर्दै आएको पाइन्छ ।

बाख्रा फार्म प्रचारमा रहेको र सरकारबाट सञ्चालन भएको भन्ने बुझेपछि किसान फार्ममा जानु स्वाभाविकै थियो । लामो समय सञ्चालनमा आएको सो बाख्रा विकास फार्मले किसानलाई खाली हात पठाउनु कृषि प्रधान मुलुक नेपालका लागि दुर्भाग्यपूर्ण कुरा हो ।

एकातिर मासुको आयात बढेको छ । अर्कातिर किसानको बाख्रापालन गर्ने चाहनालाई पूरा गर्न सकिएको अवस्था छैन । गत वर्ष नेपालले खसीबोकाको मासु ५५ हजार ५७८ मेट्रिक टन उत्पादन गरेको थियो ।

तर खसीबोकाको मासुको माग बढ्दै गएको छ । खसीबोकाको थप ७० प्रतिशत मासु नेपाललाई अपुग रहेको फार्मका प्रमुख ढकालले बताउनुभयो । सात दशक पहिले स्थापना भएर पनि हालसम्म किसानले एउटा उन्नत जातको बाख्रा प्राप्त गर्न नसक्नु आश्चर्यजनक छ भन्नुहुन्छ – राष्ट्रिय कृषक महासङ्घका अध्यक्ष उद्धव अधिकारी ।

चित्लाङ बाख्रा विकास फार्म २०५८ सालमा नामाकरण भएको हो । यसअघि सो फार्मको नाम ‘भेडा फार्म’ थियो । कुल ३०५ रोपनीमा फैलिएको सो फार्मलाई २०५० भदौमा मकवान मिट प्रोसेसिङलाई १० वर्षका लागि भाडामा सञ्चालन गर्न दिइएको थियो । दुर्भाग्यवश सो फार्म अति जीर्ण भएपछि सरकारले एक वर्ष नबित्दै आफ्नो स्वामित्वमा ल्याई हालसम्म सञ्चालन गरिरहेको छ ।

फार्ममा हाल २३३ वटा विभिन्न उन्नत जातका बाख्रा छन् । अस्थायी, स्थायी गरी कुल १५ जना कर्मचारीबाट सञ्चालनमा रहेको सो फार्मको ११५ रोपनी जग्गामा डाले घाँस, ११५ रोपनीमा चरन क्षेत्र, ५७ रोपनीमा अन्य जातका घाँस र १८ रोपनीमा बाख्राको खोर तथा कार्यालय भवन सञ्चालनमा रहेका छन् ।

पहिले पहिले धार्मिक आवश्यकता पूरा गर्न बाख्रा पालिने प्रचलन थियो । तर, हिजो आज आर्थिक उपार्जनको प्रमुख स्रोत बन्दै गएको बाख्रापालन गरिखाने वर्गका लागि मुख्य आम्दानीको दरिलो स्रोत बन्दै गएको कृषि विकास मन्त्रालयका प्रवक्त उदयचन्द्र ठाकुरले जानकारी दिनुभयो ।

नेपालमा मुख्यतया चार जातका स्थानीय बाख्रा पाल्ने गरेको पाइन्छ । तराई, खरी, सिन्हाल, च्याङ्ग्रा र विदेशी जातमा जमुनापारि, बारबरी, सानन्, विटल र बोयर जातका बाख्रा पालिँदै आएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget