Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

बन्दले दैनिक दुई अर्बभन्दा बढी घाटा

काठमाडौँ, १७ भदौ । उद्योगी व्यवसायीहरुले बन्दका कारण देशमा एक दिनमा दुई अर्बभन्दा बढी घाटा हुने बताएका छन् ।

aGbn] pBf]u If]qdf eO/x]sf] Ifltsf af/]df hfgsf/L u/fpg l/kf]6{; Sna g]kfnn] cfof]hgf u/]sf] ;fIffTsf/ sfo{qmddf pBf]udGqL dx]z a:g]tnufot . tl:a/ M cRo't /]UdL, /f;;

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उद्योगमन्त्री महेश बस्नेतले दिनहुँ हुने बन्दले उद्योग व्यवसाय क्षेत्र धरासायी बन्दै जानुका साथै व्यापार घाटा बढ्दै गएको बताउनुभयो ।

उहाँले वार्ताको माध्यामबाट समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । मन्त्री बस्नेतले देशको हितका लागि लामो समय योगदान गरेका व्यक्तिको शालिक भत्काउनु गम्भीर घटना भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – “उद्योगलाई निर्वाद रुपमा सञ्चालन गर्न दिने दायित्व सरकारको भएकाले नियमित बनाउन सरकार गम्भीर हुन्छ ।”

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले नेपालको ६५ प्रतिशत व्यापार भारतबाट हुने गरेको भन्दै तराई बन्दले देशमा ठूलो समस्या उत्पन्न हुने बताउनुभयो । उहाँले वर्षको ९४ दिन बिदा हुनु र धेरैजसो आन्दोलन हुँदा शिक्षा, स्वास्थ्य, पर्यटन रोजगारलगायतका क्षेत्रमा ठूलो प्रभाव पर्ने बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्शका महासचिव कमलेशकुमार अग्रवालले उद्योग व्यवसायी बन्दले ताला लगाएर सरकारलाई साँचो बुझाउने अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो – “एकातिर बन्दको दिनको पनि श्रमिकलाई पारिश्रमिक दिनुपर्ने अर्कोतिर उत्पादन बन्द हुँदा दोहोरो मार खेप्न उद्योगीहरु बाध्य छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget