
विहीबार राजधानीमा नेपाल स्वास्थ्य व्यवसायी महासंघको १०औं वार्षिक साधारणसभामा उनले अहिलेको संविधान र संघीय संरचनाले सबैको भावना समेटेको दाबी गरे । उहाँले अहिले संविधान बन्न नसके नेपालमा कहिल्यै संविधान नबन्ने खतरा बढ्नेसमेत बताउनुभयो ।
सबै समस्याको वार्ताबाट समाधान खोज्न सकिने भन्दै उहाँले वार्तामा आउन सबैपक्षलाई आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा एमाले सचिव योगेश भट्टराइले हिंसात्मक आन्दोलनले निकास नदिने भन्दै आन्दोलनरत पक्षलाई बार्ताबाटै समाधान खोज्न आग्रह गर्नुभयो ।
यस्तै, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष जितेन्द्र देवले असन्तुष्ट पक्षहरुका माग सम्बोधन गर्न ठूला दलहरु गम्भीर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले वैदेशिक रोजगार व्यवसायीले मनलागी रकम असुली गर्ने, अभिमुखीकरण तालिमको नाममा मनपरी शुल्क लिने र स्वास्थ्य परिक्षणमा लापरबाही गर्ने गरेको भन्दै त्यसलाई निरुत्साहित गररै छाड्ने बताउनुभयो ।
Post a Comment