
३ दलले आन्दोलनरत पक्षलाई सम्वोधन गर्नुपर्छ : लिम्बु
काठमान्डौ ,२५ भदौ । संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता डिगबहादुर लिम्बुले ठुला ३ दलले आन्दोलनरत पक्षको मागलाई सम्वोधन गर्नु पर्ने बताउनुभएको छ ।
संविधानसभामा विहिवार बोल्दै नेता लिम्बुले उक्त कुरा बताउनुभएको हो । आन्दालनमा रहेका दलहरुले विगत १ महिना देखिको बन्दका कारण जनताहरुले सास्ती भोग्नुपरेको भन्दै अब तत्काल आन्दोलनरत पक्षलाई वार्ताको वातावरण वनाएर तत्काल सम्बोधन गर्न माग गर्नुभएको हो ।

Post a Comment