Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

प्रदर्शनकारीद्वारा ट्रक तथा एम्बुलेन्समा तोडफोड र आगजनी

मोरङ, १ असोज  । सँयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुले मोरङ जिल्लाको बिभिन्न स्थानमा बिहिबार चार ट्रक र एक एम्बुलेन्समा तोडफोड तथा आगजनी गरेका छन्।
भारत कलकत्ताबाट सुपाडी लिएर आएको एन. एल. ०१ के ७८८५नम्बरको लहरीलाई बिराटनगर उपमहानगरपालिका १३ स्थीत एवन कन्सर्नको अगाडी पार्किङ गरी राखेको अवस्थामा मोटरसाइकल चढी आएका प्रदर्शनकारीहरुको एक समुहले बिहिबार दिउँसो आगो लगाई फरार भएका छन्। आगजनीबाट उक्त लहरीको अगाडीको दुई वटा टायरहरु जलेका छन्।
घटनास्थलमा वडा प्रहरी कार्यालय बिराटनगरबाट प्रहरी परिचालन भई आगो नियन्त्रण गरिएको थियो।
त्सस्तै प्रदर्शनकारीहरुले कदमाहा गाविस ५ स्थित रंगेली बिराटनगर सडक खण्डमा तीन वटा ट्रक र एक एम्बुलेन्समा तोडफोड गरेका छन्।
कटहरी गाविस ६ स्थित ह्याप्पीटेकबाट बाँस लिएर नारायणघाटकालागि हिडेको ना ४ ख ५६६९, ना. ३ ख ३०३५, ना. ३ ख ६०३७ नम्बरको ट्रक र बिमारी बोकेको को. १ च ४०७९ नम्बरको एम्बुलेन्समा बिहिबार राती प्रदर्शनकारीहरुले ढुङा हानी शिशा फुटाएका छन्।
तोडफोडमा संलग्न मध्येका एक कटहरी ७ बस्ने बर्ष २१ को अशोक ऋषीदेवलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget