Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मृतकलाई १० लाख दिने मन्त्रिपरिषद्को निर्णय , २६ नगरपालिका पनि थपिए

काठमान्डौ ,असोज १ ।तराई आन्दोलनमा परिवारका सदस्य गुमाएकालाई सरकारले १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनमाा मृत्यु हुनेका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिए । सरकारकाले आन्दोलनमा घाइतेको उपचार खर्च सरकारले दिने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रसंघको सम्मेलनमा भाग लिने विषय समेत टुंगो लगाएको छ । त्यसैगरी मन्त्रिपरिषद् बैठकले संविधान जारी भएको खुशीयालीमा असोज तीन र चार गते सार्वजनिक बिदा दिने प्रस्ताव समेत स्वीकृत गरेको छ ।

यसै गरी आज बसेको मन्त्रिपरिषद बैठकले असोज ३ र ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नयाँ संविधान जारी हुने उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषदले गरेको हो। संविधान सभाले पारित गरेको ’नेपालको संविधन २०७२’ असोज ३ गते जारी हुँदै छ । आज संविधानमा प्रमाणिकरण गर्ने काम भइरहेको छ । यस्तै आज बसेको मन्त्रीपरिषद्को बैठकले २६ वटा शहरलाई नगरपालिकाका लागि स्वीकृति दिएको हो । झापा जिल्लामामा गौरादह नगरपालिका , तेह्रथुम जिल्लामा लालीगुँरास नगरपालिका , ,सप्तरी जिल्लामा हनुमाननगर योगिनिमाई नगरपालिका ,सिरहा जिल्लमा सुखिपुर नगरपालिका , सिरहा जिल्लामा धनगढी माई नगरपालिका ,ललितपुरमा बज्रबारही नगरपालिका , चितवन जिल्लामा कालिका नगरपालिका , चितवन जिल्लामा राप्ती नगरपालिका, सर्लाहीमा बरहथवा नगरपालिका, तनहुँ जिल्लामा भानु नगरपालिका, तनहुँ जिल्लामा आबुखैरेनी नगरपालिका, नवलपरासी जिल्लामा मध्यविन्दु नगरपालिका, कपिलवस्तु जिल्लामा भृकुटी नगरपालिका ,स्याङ्जा जिल्लामा भीर्कोट नगरपालिका, लमजुङ जिल्लामा राईनास नगरपालिका, लमजुङ जिल्लामा करापुटार नगरपालिका, लमजुङ जिल्लामा मध्यनेपाल नगरपालिका, जाजरकोट जिल्लामा नगरपालिकामा भेरीमालिका नगरपालिका, रुकुम जिल्लामा चोरहजारी नगरपालिका,सल्यान जिल्लामा बागचौर नगरपालिका, सुर्खेत जिल्लामा शुभाघाट गंगामाला नगरपालिका,अछाम जिल्लामा कमलबजार नगरपालिका, कञ्चनपुर जिल्लामा बेलडाँडी नगरपालिका,कञ्चनपुर जिल्लामा कृष्णपुर नगरपालिका, कञ्चनपुर जिल्लामा बेदकोट नगरपालिका र बर्दिया जिल्लामा बबई नगरपालिका थपिएका हुन् ।

यो संगै नेपालमा १ महानगरपालिका ,१२ उपमहानगरपालिका सहित नगरपालिकाको संख्या २१७ पुगेको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget