Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सिआईडि हुँ भन्दै अवैध रुपमा रकम असुल्छन् दिनेश

भोजराज बस्नेत
बेलबारी, २ असोज।यतिबेला सिंगो देश नयाँ संविधान जारीहुने घडिको पर्खाईमा छ । संविधान जारी हुनु पूर्व र भईसकेपछि हुने सम्भावित खतारालाई मध्य नजर गर्दै सम्पूर्ण सुरक्षा संयन्त्र शान्तिसुरक्षा कायम गर्ने ध्याउन्नमा लागेका छन् ।
देशभर शहर, सडक र गल्लीहरुमा प्रहरीको बाक्लो उपस्थिति देखिन थालेको छ । अहोरात्र सार्वजनिक स्थलहरुको सुरक्षार्थ प्रहरी ब्यस्त छ । तर, मोरङको बेलबारीका केहि प्रहरी भने गैर कानुनी ढङ्गबाट रकम असुलीमा मस्त छन् ।
मोरङको उत्तरी क्षेत्रका जङ्गलबाट तस्करी गरि ल्याईएका काठ तस्करसंगको मिलेमतोमा नियमित स्कर्टिङ गरी रातारात बेलबारी र आसपासका मिल तथा फर्निचरहरुमा पुर्याउने र त्यस बापत मोटो रकम असुली गर्नेदेखि दाउरा ब्यापारी, घरायसी मदिरा ब्यापारी लगायतबाट बेलबारी प्रहरीले रकम असुली गर्दै आएको खुलेको हो ।
ईलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत प्रहरी जवान दिनेश चौधरीले त खुलेआम रुपमै छरछिमेकी साथीभाईसंग गफ गर्दा आफूले मासिक ३ लाखसम्म कमाउँछु भन्दै रवाफ देखाउने गरेको स्रोतले बताएको छ । उनी यतिसमम भन्छन् कि मैले बेलबारी आएरै एक बर्षको अवधिमा जग्गा किनें र घर समेत बनाएँ नि भन्दै फुटनी लाउने गरेका छन् ।
सादा पोसाकमा खटाईएका घुमुवा प्रहरी दिनेशले ‘म सिआईडि हुँ’ र हालका ईप्रका बेलबारीका प्रमुख प्रहरी निरीक्षक दुर्गाप्रसाद दाहालको म दाहिने हात हुँ भन्दै विराटनगर दाउरा ओसार्ने दाउरे र बेलबारी, लक्ष्मीमार्ग, लालभित्ती लगायतका स्थानबाट विराटनगर, कसेनी, सोमबारे, बाहुनी लगायत क्षेत्रमा घरेलु मदिरा लैजानेहरुलाई धम्क्याउँदै मासिक रुपमा रकम असुल्दै आएका छन् ।
नियमित रुपमा पैसा नबुझाए बाटो छेकेर र कतिपयको घर तथा पसलमै पुगेर धम्क्याउँने गर्दछन् दिनेश । उनी त्यस्ता मदिरा ब्यापारीबाट खेपमा ४ सय देखि १ हजार रुपैंयासम्म लिन्छन् । कतिपयलाई ‘फलानो ठाउँबाट मदिरा लैजा नत्र तत्लाई खोरमा हाल्छ’ु भन्दै धम्क्याउँदै आएका छन् । घुमुवा प्रहरी दिनेशको रकम असुली गर्ने काईदा यहाँसम्म छ कि कतिपय टुक्रे ब्यापारीलाई उनी नियमित रुपमा आफ्नो घरमै आएर श्रीमतिलाई पैसा बुझाउन समेत भनेको केहि ब्यापारीहरु बताउँछन् ।
तर, घरेलु मदिरा नियन्त्रण गर्ने बाहनामा रकम असुली गर्ने प्रहरी आफ्नै कार्यालयबाट केहिमिटर मात्र परको सोमबारे, शुक्रबारे हाटबजारमा र ईलाका वन कार्यालय दक्षिणपट्टि टुक्रे भन्ने ठाउँमा खुल्लम खुल्ला नियमित जाँडरक्सी बिक्री बितरण हुँदा भने प्रहरी रमिते बनिरहेको छ ।
सोमबारे हाटको पशु बजारका ठेकेदारसंग दिनेश लगायत अरु केहि प्रहरी पनि हप्ता असुली गर्न पुग्छन् । तर, मदिरा नियन्त्रण प्रति उनिहरुलाई फुर्सद हुँदैन । पशु बजारका ठेदारले किन पुलिसलाई पैसा दिनुपर्छ ? भन्ने जिज्ञासामा पैसा नदिए पशुचौपाया ल्याउन–लान प्रयोग गरिने भारतीय नम्वरका सवारी सधनलाई प्रहरीले दुःख दिने बताउँछन् ।
केहि समय अघि दिनेशले नै स्कर्टिङ गरेर ल्याई बिहान ३ बजे राती बेलबारीको हेल्थपोष्ट लाईनको एउटा फर्निचरमा ट्रकबाट चिरान काठ झार्दैगर्दा स्थानीय युवाहरुले देखेपछि उनीहरुलाई पनि मगर थरका सो फर्निचर मालिकले पैसा दिएर थामथुम पारेको घटना बाहिर आएको थियो । ति युवाहरुका अनुसार प्रहरी जवान दिनेश काठ झारिसकुन्जेल नै त्यहाँ बसेर सुरक्षा दिएका थिए । त्यस्तै, एकरात ट्रकमा काठ ल्याउँदै गर्दा कच्ची बाटोमा ट्रक फँसेपछि नजिकैको घरमा काठ झारेर लुकाई पछि रातारात सो फर्निचरका ल्याईएको पनि खुलासा भएको छ । दिनेशले दाउरावालासंग खोसेका स–साना लकडिहरु उनै मगर थरका फर्निचरवालाकोमा बिक्री गर्ने गरेको पनि स्थानीयहरु बताउँछन् ।
ट्रकका–ट्रक काठ तस्करीमा संलग्न भई मोटो रकम असुल्न पल्केका दिनेश केहि महिना अघि उनको कर्तुतबारे स्थानीय संचार माध्यममा समाचार आएपछि उनले आफ्नो जागीर बाचर्यदिन हारगुहार गदै बिभिन्न राजनिितक दलका स्थानीय नेताहरुको शरणमा पुगेका थिए । उनी लगायत ईप्रका बेलबारीका केहि प्रहरीले बिल भर्पाइ सहित आफ्नै घर आदि निर्माणकालागि थोरथोरै काठ ल्याउँदा भने दुःख दिने गरेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।
त्यस्तै, दिनेशले बेलबारी, डाँगीहाट, कसेनी लगायत क्षेत्रमा रहेका केहि घरहरुमा जुवातास खेलाउन दिई मासिक रकम असुल्ने गरेका छन् । यस बिषयमा ईप्रका बेलबारीका प्रमुख प्रहरी निरीक्षक दुर्गाप्रसाद दाहालसंग बुझ्दा आफुले प्रहरी जवान दिनेश चौधरीलाई त्यस्ता काममा नखटाएको र यदि उसले त्यस्तो कार्य गरेको भए तत्काल कारबाही गर्ने प्रतिकृया दिएका छन् ।
यसरि रकम असुलीमा लिप्त बेलबारी प्रहरी शान्ति सुरक्षा प्रदान गर्ने र अपराध नियन्त्रण गर्ने मुख्य जिम्मेवारीमा भने चुक्दै आएको छ । प्रहरीको गस्ती भ्यान रोकेर बसेको स्थानबाट थोरैमात्र दूरी फिल्म हल लाईमा रहेको भावना टिभी रेडियो शो–रुममा लाखौंको सामान चोरी भयो । तर, प्रहरीले न त त्यसको कुनै पत्तो पायो, न त अनुसन्धान गरेर अहिलेसम्म कसैलाई पक्राउ गर्न नै सकेको छ ।
घटनाहरुको यो एउटा उदाहरण मात्र हो । बेलबारीमा यस्ता चोरीका कैयौं घटना भए, तर प्रहरीले कहिल्यै पक्राउ गर्न सकेको छैन । यसअघि ईप्रका बेलबारीबाट ५०० मिटर जति पूर्व राजमार्गमै रहेको खड्का होटलमा ढोका फोरेर तीन पटक, संगैको हलेसी मोवाईल पसलमा दुई पटक, छेवैको गुम्ती पसलमा एक पटक र राजमार्ग दक्षिणको मोवाईल पसलमा पनि एक पटक सटर फुटाएर चोरी भएपनि प्रहरीले चोरीमा संलग्न कसैलाई पक्राउ गर्न सकेको छैन ।
आफ्नै कार्यालय अगाडि सडक नियम बिपरित फलामे बार राखेर टा«फिक चेकजाँचका नाउँमा रकम असुल्ने बेलबारी प्रहरीले मालपोत चौक, र पुरानो बेलबारीका दुई स्थानबाट विभिन्न ठाउँका लागि छुट्ने ट्याक्सीहरुले गाडी नै छोपिने गरी यात्रुहरु राखेर चलाई रहँदा भने आँखा चिम्लिरहेको घाम जस्तै छर्लङ्ग छ ।
समाजमा शान्ति सुरक्षा प्रदान गर्ने र अपराध नियन्त्रणमा खटिनु पर्ने प्रहरी यसरि अवैध बाटोबाट रकम असुली गर्दै कमाउ धन्दामा लाग्न थालेपछि समाजमा प्रहरीको छवि नै धुमिल बनेको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget