Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

प्रा डा केसीको जीवनरक्षा माग

काठमाडौँ, १७ भदौ । नेपाल विद्यार्थी सङ्घले स्वास्थ्य र शिक्षा सुधारको माग गर्दै एघार दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीको जीवनरक्षाको माग गरेको छ ।
NSU-appeal-e1441274172904
सङ्घले आज विज्ञप्ति जारी गरी चिकित्सा क्षेत्रमा भइरहेको विकृति, विसङ्गति, अनियमितताविरुद्व र नीति नियमअनुसार चिकित्सा क्षेत्र अगाडि बढाउनुपर्ने भनी प्रा डा केसीले राखेको माग सकारात्मक भएको बताएको छ ।

सङ्घका अध्यक्ष एवम् सभासद् रञ्जित कर्ण आज अनशनस्थल पुगी प्रा डा केसीले उठाएको मागप्रति आफ्नो ऐक्यबद्वता रहेको बताउनुभयो ।

चिकित्सा शिक्षासम्बन्धी माथेमा प्रतिवेदन कार्यान्वयन, विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा दलीय भागबन्डा अन्त्य, प्रतिवेदनले दोषी ठह¥याएका ‘आइओएम’का पदाधिकारीलाई कारबाही, जानकी मेडिकल कलेजमा चाँडो पठनपाठनको व्यवस्था, वरिष्ठताका आधारमा पदाधिकारी नियुक्ति, फर्जी र नक्कली बिरामी देखाएर पैसा असुल्ने चिकित्सा कलेजलाई कारबाहीलगायत आठसूत्रीय माग राखी उहाँ अनशन बस्नुभएको हो ।

प्रा डा केसीप्रति नेपाल चिकित्सक सङ्घ, काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घ, महाराजगन्ज मेडिकल क्याम्पस, मनोचिकित्सक सङ्घ, नेपाल चिकित्सक सङ्घ, नेपाल मेडिकल ल्याब्रेटरी स्टुडेन्ट सोसाइटीलगायत एक दर्जनभन्दा बढी सङ्घसंस्थाले ऐक्यबद्वता जनाएका छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget