Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कांग्रेस बैठकमा नौ निर्णयहरु

 

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७२ भाद्र १५ गते बसेको बैठकको निर्णय–

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति एवं सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतमा संविधानसभा भवन, नयाँ वानेश्वरमा  बस्यो ।  बैठकमा नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु— विमलेन्द्र निधि, अर्जुननरसिंह के.सी., खुमबहादुर खड्का, महेश आचार्य, बालकृष्ण खाँण, रमेश रिजाल, डा. प्रकाशशरण महत, फरमूल्लाह मंसुर, अर्जुनप्रसाद जोशी, महालक्ष्मी उपाध्याय डिना, जीवनबहादुर शाही, मो. आफ्ताव आलम, कृष्णचन्द्र नेपाली, अजयकुमार चौरसिया, धनराज गुरुङ, महेन्द्र यादव, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, मीन विश्वकर्मा, बद्री पाण्डे, जीवन परियार, पार्वता डी.सी. चौधरी, रामचन्द्र तिवारी, गुरुराज घिमिरे, प्रदीप पौडेल, आमन्त्रित केन्द्रीय सदस्यहरु— महेन्द्र शर्मा, महेन्द्र शर्मा भुसाल र रामजी कुँवरले आ–आफ्नो धारणा राख्नु भएको थियो । कार्यसमितिको बैठकले देहायका निर्णयहरु गरेको छ ।

१. संविधान निर्माणमा पार्टी केन्द्र व्यस्त रहनु परेको विशेष परिस्थितिका कारण नेपाली कांग्रेसको गाउँ, नगर वार्ड, नगर, क्षेत्र, जिल्ला अधिवेशनका पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गरिएको छ । अधिवेशन सम्बन्धी कार्यक्रम केन्द्रीय कार्य समितिको बैठकले पछि निर्णय गरे बमोजिम हुनेछ ।

२. विशेष परिस्थितिका कारण ५ वर्ष भित्रमा पार्टीको केन्द्रीय पदाधिकारीको निर्वाचन “महाधिवेशन” हुन नसकेमा बढीमा ६ महिना थप गर्न सकिने व्यवस्था नेपालको अन्तरिम संविधान र संविधानसभाबाट बन्न लागेको नयाँ संविधानमा व्यवस्था गर्ने । साथै, पार्टीको विधानमा पनि यो व्यवस्था गर्ने ।

३. संविधान सभामा प्रस्तुत भएको संविधान विधेयक उपर संशोधन प्रस्ताव प्रस्तुत गर्दा अन्य दलहरुसँग सल्लाह गरी दुई तिहाई पुर्याउने वातावरण तयार गरेर मात्र गर्नु पर्नेछ । यसका लागि पार्टी नेतृत्वलाई जिम्मेवारी दिने । संशोधन प्रस्तुत गर्दा प्रमुख सचेतकले सहमतिमा रहेका दलहरुसँग मिलेर गर्ने । संविधान निर्माण प्रकृयालाई अविलम्व टुङ्गोमा पु¥याई संविधान घोषणा गराउने कार्यमा एकतावद्ध भई लाग्न नेपाली कांग्रेस संसदीय दलका सबै सदस्यलाई निर्देश गर्छ ।

४. कैलालीको टिकापुर लगायत देशका विभिन्न ठाउँमा घटेका हिंसात्मक घटनाका प्रति नेपाली कांग्रेस खेद एवं दुःख प्रकट गर्दछ । हिंसात्मक घटनामा परि ज्यान गुमाएका नाबालक, प्रहरी अधिकृत लगायत सबैमा श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ । घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको बन्दोवस्त गर्न एवं तोडफोड र आगजनीबाट भएको भौतिक क्षतिको लागि आर्थिक सहयोग एवं राहत उपलब्ध गराउन सरकारसँग यो बैठक माग गर्दछ । कैलाली टिकापुरको घोर अमानवीय हिंसात्मक घटनाका अपराधीहरुमाथि कार्वाहीको लागि सरकारसँग माग गर्दछ ।

५. संविधान निर्माणका समग्र विषयवस्तु संविधानसभा भित्र छलफल गरेर प्रकृया बमोजिम टुङ्गोमा पुर्याउनु पर्दछ । संविधानसभाबाट बाहिर गएर संविधान निर्माणमा ठोस सहयोग पु¥याउन सकिन्न । यसैले संविधानसभा भित्र रहेका सबै राजनीतिक दल एवं सभासद्हरुलाई संविधानसभा भित्र रहेर संविधान निर्माणमा आफ्नो महत्वपूर्ण योगदान पु¥याउन सम्वद्ध सबै पक्षसँग नेपाली कांग्रेस आग्रह गर्दछ ।

६. देशका विभिन्न भागमा घटित भइरहेका अप्रिय घटना एवं हिंसात्मक गतिविधिहरुबारे नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । तोडफोड, बन्द, हडताल, आगजनी जस्ता सर्वसाधारण जनतालाई दुःख, कष्ट हुने सबै गतिविधि रोक्न नेपाली कांग्रेस आग्रह गर्दछ । साथै वार्ताद्वारा समाधान खोज्न आन्दोलनरत सबै पक्षलाई नेपाली कांग्रेस आह्वान गर्दछ ।

७. समाजमा शान्ति, सद्भाव र एकता कायम गर्ने कार्यमा सहयोग पुर्याउन सबै राजनीतिक दल, मानव अधिकारकर्मी, पत्रकार, कानून व्यवसायी, प्राध्यापक, शिक्षक, राष्ट्र सेवक, चिकित्सक, नागरिक समाज, उद्योग व्यवसायी, युवा, विद्यार्थी, श्रमिक, विभिन्न पेशा एवं व्यवसायसँग आवद्ध संघ÷संस्था लगायत सबै दिदी बहिनी तथा दाजुभाईहरुसँग नेपाली कांग्रेस हार्दिक अपील गर्दछ ।

८. देशभर जनताको जीउ–धनको सुरक्षाको भरपर्दो एवं विश्वसनीय व्यवस्था गर्न नेपाल सरकारसँग यो बैठक माग गर्दछ ।

९. प्रा. डा. गोविन्द के.सी. विभिन्न माग राखी आमरण अनसनमा बस्नु भएको धेरै दिन व्यतित भईसकेको आजको स्थितिमा तत्काल वार्ताद्वारा समस्याको समाधान खोज्न यो बैठक सरकारलाई अनुरोध गर्दछ ।

ऋषिकेश तिवारी
मुख्य सचिव
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget