Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

अब दिपावालीका लागि तयार हुनोस् : उपाध्यक्ष भण्डारी

काठमाडौँ, २६ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष विद्यादेवी भण्डारीले अब छिट्टै संविधान जारी हुने बताउनुभएको छ ।
bidhyadevi-bhandari
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले संविधान निर्माणको प्रक्रिया आइतबारदेखि पुनः सुरु हुने बताउँदै नेपाली जनतालाई अब दिपावालीका लागि तयार भएर बस्न आग्रह गर्नुभयो ।

ठूला तीन दलले मधेसबाट सबैभन्दा बढी प्रतिनिधित्व गरेको अवस्थामा उनीहरुले मधेसको प्रतिनिधित्व गर्दैनन् भन्ने कुरा हाँस्यास्पद भएको विचार व्यक्त गर्दै आन्दोलनकारीले उपचार गर्न लगिएका सुरक्षाकर्मीलाई मार्ने, पार्टी कार्यालयमा आगजनी गर्ने, अराजकता मच्चाउने समूहलाई नियन्त्रण गर्न प्रहरीलाई पछाडिबाट सेनाले सहयोग गर्नु ठिक भएको बताउनुभयो ।

नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले आन्दोलनरत पक्षहरु वार्तामा आएपछि सेना पनि ब्यारेक फर्किने विचार व्यक्त गर्दै मधेसबाट सबैभन्दा बढी प्रतिनिधित्व नेपाली काँग्रेसले गरिरहेकाले त्यहाँको भावनालाई आफ्नो पार्टीले बुझेको र प्रधानमन्त्रीले तीन पटक वार्ताका लागि पत्र पठाइसकेको, संविधानसभा स्थगन भएको अवस्थामा आन्दोलनकारी शक्तिले वार्ता गर्नु राम्रो हुने बताउनुभयो ।

एनेकपा (माओवादी)का नेता अग्नि सापकोटाले मधेसको माग प्रष्ट नभएकाले समस्या देखिएको बताउँदै सप्तरीदेखि पर्सासम्म मधेसको पहिचान स्थापित भएको बताउनुभयो ।

उहाँले आइतबारदेखि संविधान निर्माणको प्रक्रिया अघि बढ्ने भन्दै त्यसो गर्न नसके मुलुक अन्तहिन गोलचक्करमा फस्दा इतिहासले आफूहरुलाई धिक्कार्ने बताउनुभयो ।

तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले यथास्थितिमा सरकारसँग वार्ताको कुनै सम्भावना नभएको बताउँदै तीन दलले वार्ताका लागि नभई देखाउनका लागि संविधानसभा दुई दिन स्थगित गरेकाले स्थगनको कुनै औचित्य नभएको बताउनुभयो ।

उहाँले आफूहरुको आन्दोलन शान्तिपूर्ण भएको दाबी गर्दै आफूहरुको शान्तिपूर्ण आन्दोलनमा देशलाई अस्थिरतातर्फ धकेल्न चाहने तत्वले घुसपैठ गरेको हुनसक्ने भएकाले सरकारले त्यसको छानबिन गरेर कारबाही गर्नुपर्ने माग गर्नुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget