Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

संविधान लेखन प्रक्रिया अघि बढाउने काँग्रेसको निर्णय

काठमाडौँ, २७ भदौ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले असन्तुष्ट दलहरु वार्तामा नआएपछि संविधान लेखनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको काँग्रेस पदाधिकारी बैठकले असन्तुष्ट दलले वार्तामा बस्न कुनै चासो नदेखाएको भन्दै संविधान लेखनको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । प्रमुख तीन दलले सीमाङ्कनको विषयलाई लिएर तराईमा आन्दोलनरत असन्तुष्ट दललाई वार्तामा बस्नका लागि संविधान लेखन प्रक्रिया दुई दिन स्थगन गरेका थिए ।

काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेस केन्द्रित दलका नेता वार्तामा नआएकाले संविधान लेखनको प्रक्रिया अघि बढाउनुको विकल्प छैन भन्ने निष्कर्षमा काँग्रेस पुगेको बताउनुभयो ।

वार्ताका लागि दुई दिनको प्रतीक्षा गरे पनि असन्तुष्ट दलहरु नआएको बताउँदै उपसभापति पौडेलले भन्नुभयो – “देशलाई संविधान दिनुको विकल्प छैन, अब प्रक्रिया अघि बढ्छ ।”

जनताले जतिसक्यो छिटो संविधान चाहेको बताउँदै उहाँले सहमतिका लागि लचिलो भएर कुरा गर्दैै जाने र प्रक्रिया पनि सँगै अघि बढाउने निर्णय भएको जानकारी गराउनुभयो । यसअघि आजै प्रमुख तीन दलको बैठक बस्ने भने पनि मधेस केन्द्रित दलसँग वार्ता नभएका कारण सो बैठकसमेत हुन सकेन ।

आजै प्रधानमन्त्री सुशील कोइरालालाई एकीकृत नेकपा (माओवादी) का तराई–मधेस केन्द्रित सभासद्हरुले भेटेर सरकारका तर्फबाट आन्दोलनमा दमन भएको गुनासो पोखेका थिए ।

त्यस्तै थरुहट प्रदेशका लागि आन्दोलनरत थारु प्रतिनिधिहरुले आजै प्रधानमन्त्री कोइरालालाई भेटेर वार्ताको वातावरण बनाउन आग्रह गरेका थिए । भेटपछि थारु नेता राजकुमार लेखीले यथास्थितिमा सत्तापक्षसँग कुनै वार्ता नहुने बताउँदै आन्दोलन जारी रहने सञ्चारकर्मीलाई जानकारी गराउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget