Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मन्त्री रिजालको प्रस्तावमा डा. केसीले अनसन सारे

काठमान्डौ ,भदौ २७।सरकारले चिकित्सा शिक्षा आयोग गठनसहित यसअघि जनाएका सरकारी प्रतिबद्धता पूरा गर्ने भन्दै पत्राचार गरेपछि त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले शुक्रबारदेखि सुरु गर्ने भनिएको आमरण अनशन एक साता सारेका छन् । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले डा. केसीलाई पत्रमार्फत उनका माग पूरा गर्ने क्रममा रहेको भन्दै अनशनजस्ता कुनै पनि विरोधका कार्यक्रम नगरी धैर्यधारण गर्न आग्रह गरेपछि डा. केसीले अनशन सारेका हुन्। मन्त्री रिजालले लेखेको पत्र लिएर कानुन मन्त्रालयका सचिव नारायणगोपाल मलेगो केसी स्वास्थ्य लाभका लागि भर्ना भएको अस्पतालको कोठामा पुगेका थिए। पत्रमा नेपालको एक वरिष्ठ चिकित्सक र प्राध्यापकको रुपमा चिकित्सा शिक्षाका सम्बन्धमा उठाएको जायज मागप्रति सरकार सकारात्मक रहेको उल्लेख छ।

त्यसअनुरुप यो क्षेत्रमा गर्नुपर्ने सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेर नै कार्यदल बनाएको र सोको प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको पत्रमा उल्लेख छ। त्यसका लागि डा. केसीसँगको पछिल्लो सहमतिपछि प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषद सामाजिक समितिमा पठाइसकिएको सरकारले जानकारी गराएको छ। पत्रलगत्तै डा. केसीले सरकारले पटकपटक धोका दिएको स्मरण गराउँदै भदौ ३१ सम्म अल्टिमेटम सारेका छन्। उनले सरकारले केही समय मागेकाले कार्यान्वयका लागि सो समय दिएको र त्यस समयसीमाभित्र पनि माग पूरा नभए असोज १ बाट अनशनमा बस्ने उल्लेख गरेका छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget